चिनियाँहरुको थर र नाम सम्बन्धी सँस्कृति-1
2023-05-24 10:10:23cri
Share with:

कुनै पनि वालकको जन्मपछि तत्काले उसको नाम र थर दिने गरिन्छ। हरेक मानिसले समाजमा प्रवेश गरेपछि पछि गएर उसले आफ्नै नामले आफ्नो प्रतिनिधित्व गर्छ र यसले आफूलाई अरुदेखि अलग्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेगरेको छ। प्राचीनकालदेखि नै चिनियाँ समाजमा मानिसको थर र नामको निकै महत्वको रहेको थियो।

चीनको दीर्घकालीन इतिहासमा चिनियाँहरुको थर र नाम सम्बन्धी सँस्कृति चिनियाँ राष्ट्रको भौतिक जीवन र आध्यात्मिक जीवनको मुख्य कडीमध्येको एक हो। राजनीतिक, साँस्कृतिक तथा सामाजिक क्षेत्रमा मानिसहरुको थर र नामले महत्वपूर्ण भूमिका निर्वाह गर्नेगरेका छन। पूरातात्विक सामग्रीबाट के प्रमाणित भएको छ भने दश लाख वर्षअघि चिनियाँहरुले आफ्नो प्राचीन मातृ-भूमि चीनमा जीवनयापन गर्न थालिसकेका थिए। तर थर सम्बन्धी इतिहास आजदेखि पाँच छ/हजार वर्षअघिको मातृसत्तात्मक युगदेखि शुरु भएको थियो। मातृसत्तात्मक युगमा महिलाहरुले जन-जातिको घरायसी कार्यको सञ्चालनमा मुख्य भूमिका खेल्नेगरेका थिए। यसका साथै विभिन्न जन-जातिका बीच वैवाहिक सम्बन्ध हुनसक्ने तथा आफ्नो जन-जातिमा विवाहको सम्बन्ध हुन नदिने प्रथा चलेको थियो । यस किसिमको अन्तरजातीय वैवाहिक पद्धति लागू भएका कारण समाजका व्यक्तिहरुका बीच हाडनाता करणीबाट जन्मिने साइनोलाई छुट्ट्याउने खाँचो परेको थियो। त्यसैले रक्त-सम्बन्ध भएकाहरुलाई चिन्नका लागि थरको उत्पत्ति भयो।

छिंग राज्यकालका विद्बान कु यान् उको अनुसन्धान अनुसार, चिनियाँहरुका थरहरुमा बाइसवटा त सबैभन्दा पूराना थिए। केही थर जन-जाति समूह लोप हुनुका साथसाथै इतिहासको लहरमा डुबिसकेका छन। समयको विकासका क्रममा केही थरहरु निकै परिवर्तित भएका छन। आजदेखि लगभग चार/पाँच हजार वर्षअघि चिनियाँहरुले मातृ-सत्तात्मक युगबाट गुज्रिसकेपछि पितृ-सत्तात्मक युगमा प्रवेश भएर विस्तार-विस्तारै वर्गीय समाजतीर लम्कदैगयो। यस संक्रमणकालमा विभिन्न पुर्खाका जन-जाति समूहका बीच एक-आपसमा प्रभाव र संघर्षको निरन्तरता देखापर्न थालेको थियो। त्यसैबाट नेता र साधारण मानिसहरु बीच अन्तर देखापर्नुका साथै वर्गीय समाजको प्रारुप पनि देखापर्नथालेको थियो। यस क्रममा योगदान गरेका समाजका केही सदस्यलाई अधिनस्थ नयाँ नीजी क्षेत्र पुरस्कारका रुपमा दिइएको थियो। साथै उनीहरुले परिवारका सदस्य, आफ्नो नेतृत्वमा रहेका मानिस तथा युद्धमा आत्मसमर्पण गरेका युद्ध-बन्दीहरुलाई लिएर ती क्षेत्रमा जानपाएका थिए। अन्य खटाइएका ती मानिसहरुका थर भिन्ना-भिन्नै छन। नयाँ बासस्थान पाएपछि उनीहरुले बसोवास हुने क्षेत्रसित सम्बद्ध नयाँ प्रतीक अर्थात नाम पनि पाएका थिए।