राष्ट्राध्यक्ष सी चिनफिङ तथा इरिट्रियाका राष्ट्रपतिबीच दौत्य सम्बन्ध स्थापनाको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना आदानप्रदान
2023-05-24 20:04:27cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे २४ तारिख इरिट्रियाका राष्ट्रपति इसायास अफ्विर्कीसँग शुभकामना सन्देश साटासाट गर्नुभएको छ। दुई देश बीच दौत्य सम्बन्ध कायम भएको ३० औं वार्षिकोत्सवका अवसरमा उहाँहरूले शुभकामना आदानप्रदान गर्नुभएको हो।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले चीन-इरिट्रिया सम्बन्धको विकासमा उच्च महत्व दिएको भन्दै, राष्ट्रपति इसायाससँगै मिलेर एकले अर्कालाई समर्थन गर्दै सम्पूर्ण सहकार्यलाई सबल पारी चीन-इरिट्रिया रणनीतिक साझेदारी सम्बन्धलाई निरन्तर रूपमा विकसित पार्दै जान चीन इच्छुक रहेको कुरा प्रकट गर्नुभएको छ।

 

राष्ट्रपति इसायासले आफ्नो सन्देशमा यस सुखद अवसरमा इरिट्रिया चीन रणनीतिक सम्बन्धको भविष्यप्रति दृढ विश्वास र सुमधुर शुभेच्छा पुन:एकपल्ट व्यक्त गर्नुभएको छ।