राष्ट्राध्यक्ष सीद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको स्वक्रान्तिमा लेखा-परीक्षणको विशेष भूमिकाबारे चर्चा
2023-05-24 20:03:13cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम् केन्द्रीय लेखा-परीक्षण समितिका प्रमुख सी चिन फिङले मे २३ तारिख दिउँसो २० औँ केन्द्रीय लेखा-परीक्षण समितिको पहिलो बैठकको अध्यक्षता गर्नुभएको छ।

 

सो बैठकलाई महत्वपूर्ण भाषण दिँदै राष्ट्राध्यक्ष सीले शक्तिशाली मुलुकको निर्माण तथा राष्ट्रिय पुन:उत्थान सम्बन्धी नयाँ यात्रामा लेखा-परीक्षणले महत्वपूर्ण जिम्मेवारी वहन गरेको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको स्वक्रान्तिमा लेखा-परीक्षणको विशेष भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँका अनुसार, केन्द्रीय लेखा-परीक्षण समितिको काम राम्रोसँग गर्नका लागि नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको निर्देशनमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको भावना गहन रुपमा अध्ययन गरी त्यसको पालना गरिनुपर्छ। नयाँ युगमा लेखा-परीक्षणको गुणस्तरीय विकासलाई अघि बढाए दरिलो तथा प्रभावकारी लेखा-परीक्षा सेवामार्फत् चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रको समग्र कामलाई प्रत्याभूति  दिइनुपर्छ।