नेपाली सडकमा विद्युतीय गाडीको प्रतिस्पर्धामा चीन र भारत
2023-05-24 13:25:20cri
Share with:

नेपालमा एकै महिना ५०० विद्युतीय गाडी भित्रिएका छन्। विद्युततीय गाडी विक्रेताहरूले नयाँ मोडल भित्र्याउन थालेसँगै प्रतिस्पर्धा बढ्दै गएको छ। ९ महिनामा २४ सय ५१ गाडी आयात भएकोमा वैशाखमा ५ सय गाडी थपिएका छन्। चालु आर्थिक वर्षको १० महिनामा कुल २९ सय ५५ विद्युतीय गाडी भित्रिए। बजारमा मुख्यगरी टाटा, एमजी र बीवाईडका १०० किलोवाटका विद्युतीय सवारीबीच प्रतिस्पर्धा सुरु भएको छ। त्यसबाहेक ह्युन्देका विद्युतीय गाडीको पनि माग बढेको छ।

 

नेपालखबर अनलाइनका अनुसार नेपालमा आयात हुने विद्युतीय गाडीमध्ये धेरै भारतबाट आएका छन्, अधिकांश टाटा ब्रान्डका हुन्। भन्सार विभागका अनुसार १० महिनामा १९ सय ६८ वटा गाडी नेपाल भित्रिएका छन्। दोस्रोमा सबैभन्दा धेरै चीनबाट ६६२ वटा आएका छन्। चीनबाट बीवाईडी, एमजी, नेटा भीका गाडी आयात हुन्छन्। कोरियाबाट हुन्डाई गाडी आउने गरेका छन्।  १०० किलोवाटसम्मका वैशाखसम्म २४९ वटा कोरियाबाट आएको तथ्यांक देखाउँछ। १०० देखी २०० किलोवाटसम्मका गाडी चीनबाट ४३, कोरियाबाट २१ वटा र अमेरिकाबाट २ वटा गाडी भित्रिएका छन्। २०० किलोवाट माथिका चीन र अमेरिकाबाट भित्रिएका छन्। जसमा टेस्ला ब्रान्ड आउने गरेको छ।  अघिल्लो वर्षको यही अवधिमा भारतबाट ५५५ गाडी भित्रिँदा चीनबाट ८०१ वटा विद्युतीय गाडी भित्रिएका थिए।

सरकारले १०० किलोवाट माथिका विद्युतीय गाडीमा कर बढाउँदा टाटाका मात्रै गाडी भित्रिएर एमजीको गाडी आउन नसक्दा भारतीय वर्चस्व बढेको छ। विभागकै तथ्यांकले नेपालमा सबैभन्दा धेरै विद्युतीय मोडल टाटाका रहेका छन्। सिप्रदी ट्रेडिङले एसयूभी, ह्याचब्याक र सेडान सेगमेन्टमै विद्युतीय गाडी भित्राइसकेको छ।

नेपाली बजारमा टाटाको नेक्सन ईभी सबैभन्दा बढी गुडिरहेका छन्। हचब्यागमा टिगोर र सेडानमा एक्सप्रेस टी गुडिरहेका छन्।