“विश्व स्वास्थ्य संगठनको महासभामा थाइवानको संलग्नता सम्बन्धी अमेरिकी प्रहसन किन हरेक वर्ष विफल?
2023-05-24 20:02:41cri
Share with:

विश्व स्वास्थ्य संगठनको ७६औँ महासभाले हाल “थाइवानलाई निमन्त्रणा गरी पर्यवेक्षक मुलुकको रुपमा सहभागी गराउने” अमेरिकी प्रस्तावलाई अस्वीकृत गरेको छ। अहिलेसम्म “विश्व स्वास्थ्य संगठनको महासभामा थाइवानको संलग्नताको समर्थन” गर्ने अमेरिकाको कुचेष्टा निरन्तर ७ पटक विफल भएको छ। जसबाट एक मात्र चीनको सिद्धान्त अन्तर्राष्ट्रिय परिस्थितिसँग अनुकूल रहेको अभिव्यक्त गरिएको छ, अमेरिकाको “थाइवानको समर्थन” लाई विश्वले रुचाएको छैन।

 

यस पटकको विश्व स्वास्थ्य संगठनको महासभा उद्घाटनअघि करिब १४० मुलुकले चीनलाई एक मात्र चीनको सिद्धान्तको अडानका साथ पालना गरी विश्व स्वास्थ्य महासभामा थाइवानको संलग्नताको विरोध गरेका थिए। करिब एक सय मुलुकहरुले यसबारे विशेष रुपमा विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई सन्देश पठाएर अथवा खुला रुपमा वक्तव्य प्रकाशित गरेका थिए।

 

“विश्व स्वास्थ्य संगठनमा थाइवानको संलग्नताको समर्थन” दिने अमेरिकाको प्रहसन हरेक वर्ष विफल भएको छ, तर अमेरिकाले किन सधैँ यस्तै प्रदर्शन गरेको छ? सम्बन्धित विश्लेषणका अनुसार, अमेरिकाले थाइवान मामिलालाई “अन्तर्राष्ट्रियकरण गर्न खोजेको छ र विश्वमा “एउटा चीन, एउटा थाइवान” बनाउन खोजेको छ।