राष्ट्राध्यक्ष सीद्वारा रुसी प्रधानमन्त्री मिशुस्टिनसँग भेटघाट
2023-05-24 20:03:43cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मे २४ तारिख दिउँसो पैचिङस्थित जन बृहत सभा भवनमा चीनको भ्रमणमा रहनुभएका रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटघाट गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले रुससँग केन्द्रीय हित सम्बन्धी मामिलामा आपसमा दृढताका साथ समर्थन दिन, संयुक्त राष्ट्र संघ, शाङहाई सहयोग संगठन, ब्रिक्स, जी-२० समूह लगायत बहुपक्षीय चौतारोमा आपसी सहयोगलाई सबल पार्न चीन इच्छुक रहेको कुरामा जोड दिनुभयो। रुस तथा युरोप एसिया आर्थिक गठबन्धनका मुलुकहरुसँगै मिलेर “बेल्ट एण्ड रोड”को संयुक्त निर्माण र युरोप एसिया आर्थिक गठबन्धनसँगको सहयोगलाई अघि बढाउन, यस क्षेत्रका मुलुकहरुका लागि वास्तविक हित ल्याउन चीन इच्छुक रहेको पनि उहाँले बताउनुभयो।

 

प्रत्युत्तरमा रुसी प्रधानमन्त्री मिशुस्टिनले राष्ट्राध्यक्ष सीप्रति रुसी राष्ट्रपति पुटिनको हार्दिक अभिवादन व्यक्त गर्दै चीनसँगै मिलेर विश्वको बहुध्रुवीकरणको प्रक्रियालाई अघि बढाउन तथा अन्तर्राष्ट्रिय ऐनमा आधारित अन्तर्राष्ट्रिय अनुशासनलाई सुदृढ पार्न रुस इच्छुक रहेको बताउनुभयो।