जनताको सुख सबैभन्दा ठूलो मानव अधिकार हो
2023-05-25 12:28:46CRI
Share with:

 

सन् २०२३ चिनियाँ तिब्बतको विकास मञ्च २३ तारिखदेखि पैचिङमा सुरू भएको छ। यो मञ्च चिनियाँ राज्य परिषदको प्रेस कार्यालय र तिब्बत स्वायत्त प्रदेशीय सरकारबाट संयुक्त रूपमा आयोजना गरिएको हो। यसको मुख्य विषयवस्तु “नयाँ युग, नयाँ तिब्बत, नयाँ यात्रा—तिब्बती उच्च गुणस्तरीय विकास तथा मानव अधिकारको संरक्षणको नयाँ अध्याय” भन्ने रहेको छ। सोहि दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो मञ्चलाई शुभकामना सन्देश पठाउनुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले जनताको सुख सबैभन्दा ठूलो मानव अधिकार हो भन्दै विकास नै जनताको सुखलाई साकार तुल्याउने मुख्य विषय रहेको औंल्याउनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनदेखि तिब्बतले पूर्ण गरिबीबाट मुक्त भएर सम्पन्न समाजको निर्माण गर्दै जैविक समृद्धि दृश्य देखाएको छ। तिब्बतले सम्पूर्ण, निश्चित र चौतर्फी रूपमा नयाँ विकास विचारधारालाई व्यवहारमा उतार्दै उच्च गुणस्तरीय विकासलाई शिघ्र पारी सक्दो प्रयासमार्फत एकताबद्ध, सम्पन्न, सभ्य, मेलमिलापयुक्त र सुमधुर समाजवादी आधुनिकीकरण बोकेको नयाँ तिब्बतको निर्माण गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

जीवन तथा स्वास्थ्य, बाँच्नु र विकास गर्नु, यी सबै पूरै मानवजातिको प्रथम अधिकार हो। प्राप्त जानकारीअनुसार, सन् १९५१ तिब्बतको कुल जीडीपी र प्रत्येक व्यक्तिका लागि सरदर जीडीपी छुट्टाछुट्टै १२ करोड ९० लाख युआन र ११४ युआन मात्र थियो। सन् २०२२ मा कुल जीडीपी २ खर्ब १३ अर्ब २६ करोड युआन र प्रत्येक व्यक्तिका लागि सरदर जीडीपी ५,८४३८ युआन पुगेको छ। तिब्बती सर्वसाधारणको अपेक्षित सरदर उमेर ३५.५ बाट ७२.१९ वर्षसम्म बढेको छ। तिब्बतको शिक्षा स्तर ९५ प्रतिशतको निरक्षरता र बालबालिकाका लागि २ प्रतिशतभन्दा कम भएको शिक्षा लिने दरबाट हाल आधारभूत रूपमा निरक्षरता हटाउने र १५ वर्षे निःशुल्क शिक्षा प्रणालीको स्थापनासम्म परिवर्तित भएको छ। 

मञ्चमा तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईले यसरी भन्नुभयोः तिब्बतमा मानव अधिकार संरक्षण गर्दा जाती, क्षेत्र, धर्म मान्ने कि नमान्ने बीच भेदभाव हुँदैन। उच्च गुणस्तरीय विकास र मानव अधिकार संरक्षणबाट ल्याइएको परिवर्तनबाट तिब्बत जस्तै यति धेरै प्रभावित भएको विश्वमा कहीँ पनि छैन। 

मै १६-२१ सम्म चीनका लागि विभिन्न मुलुकका राजदूतहरू र चिनियाँ तथा विदेशी अतिथिहरूबाट गठित "चीन तिब्बत विकास मञ्च २०२३" को प्रतिनिधिमण्डलले तिब्बतको भ्रमण गरेको थियो। प्रतिनिधिमण्डलले यार्लुङजाङबो नदीको खोँच, लिन्चीको मइनलिङ टाउनशिपको सिगा गाँउ, राष्ट्रिय तिब्बत उद्धार कार्य प्रदर्शन केन्द्र, प्राथमिक र माध्यमिक विद्यालयहरू, पोताला दरबार, जोखाङ मन्दिर लगायतका स्थानहरूको भ्रमण गर्नुका साथै ग्रामीण पुनरुत्थान, औद्योगिक विकास, तिब्बतमा समूहगत उद्धार सहकार्य, सांस्कृतिक पुरातात्विक वस्तु तथा अवशेषहरूको संरक्षण एवम् पर्वावरणीय वातावरण संरक्षणमा तिब्बतले हासिल गरेका उपलब्धिहरूको अनुभव पनि गरेको छ। यसै क्रममा तिब्बतका विभिन्न जातीय समूहका मानिसहरूको सुखी जीवनको महसुस पनि गरेको छ।

प्रतिनिधिमण्डलका सदस्य चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले यसरी भन्नुभयोः "तिब्बत विश्वको छाना हो र सारा विश्वको नजर यहाँ छ। चाहे त्यो सामाजिक र आर्थिक विकास होस् वा शिक्षाको लोकप्रियकरण होस् वा रेलमार्ग जस्ता पूर्वाधारको निर्माण होस् वा उच्च प्रविधिको प्रयोग, वितेका वर्षहरूमा तिब्बतमा ठूलो परिवर्तन भएको छ र जनताको जीवन धेरै खुशी छ भन्ने मैले आफ्नै आँखाले देखेको छु। यी सबैलाई केलाएर हेर्दा, तिब्बतमा चीनको केन्द्रीय सरकारको नीतिहरूको कार्यान्वयन सफल भएको छ, विशेष गरी शिक्षामा लगाइएको लगानी निकै प्रशंसनीय छ।" 

राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभए झैँ जनताको सुख सबैभन्दा ठूलो मानव अधिकार हो। तिब्बतमा भएको विकास र परिवर्तनहरूबाट तिब्बतका विभिन्न जातीय समूहका मानिसहरू मानव अधिकारको संरक्षणमा गहन प्रभावबारे  पारेको छ। त्यसरी नै, उच्च गुणस्तरीय विकासको नयाँ यात्रामा तिब्बतका विभिन्न जातीहरूको जीवन झन् झन् सुखी हुँदै जानेछ।