कोरोनामहामारीपछि ग्रेटवाल कस्तो देखियो?
2023-05-25 10:38:53CRI
Share with:

हामी सबैलाई थाहा छ र हामीमध्ये धेरैले चीनको यो लामो इतिहास बोकेको विश्व प्रसिद्ध तथा अद्वितीय ग्रेटवालमा पाइला पनि राखिसकेका छौँ। विश्वका चमत्कारहरूमध्ये एक मानिने यो ग्रेटवाललाई सन् १९८७ मा यूनेस्कोद्वारा विश्व सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको थियो।

हालसालै सदा आकर्षक र भव्य यस ग्रेटवालमा पाइला टेकेको थिएँ। कोरोनामहामारी (कोभिड-१९) पछिको यो मेरो पहिलो ग्रेटवाल भ्रमणले पहिलोपटकजस्तै अनुभूत गरायो।

विश्वको आश्चर्यलाग्ने मानवनिर्मित संरचनामा खुट्टा टेक्न पाउनु गौरव हो। मानव सभ्यताको एक जीवित इतिहास ग्रेटवाल चढ्न पाउनु शान हो। चिनियाँ जनताको श्रम, मेहनत र बुद्धिको प्रतिफल ग्रेटवाल मानव सभ्यताको गौरव हो।

Video by #AjayaAloukik