चीनको पर्यावरणीय वातावरणमा सुधार, अझ बढी बसाइँ सर्ने चरा आकर्षित
2023-05-26 15:04:28cri
Share with:

चराहरू मौसम अनुसार आउजाउ गर्ने प्राकृतिक दृश्य निकै सुन्दर मानिन्छ। हरेक वसन्त ऋतुमा विश्वव्यापीरूपमा बसाइँ सर्ने चराहरूले आफ्नो यात्रा शुरू गर्दछन्। यी चराहरूले हजारौँ किलोमिटरको दूरी पार गर्दछन्। आफ्नो जन्मथलो र हिउँद ऋतु बिताउने ठाउँमा बारम्बार आउजाउ गर्दछन्। विश्वका ९ वटा चरा सर्ने च्यानलहरूमध्ये ४ वटा चीनमा पर्छन्। चीनको पर्यावरणीय वातावरणमा निरन्तर सुधार भएकोले अझ धेरै चराचुरूङ्गीहरू आकर्षित भएका छन्।

 

यी बसाइँ सर्ने चराको संरक्षण गर्न चीनको राष्ट्रिय वनजङ्गल क्षेत्र व्यूरोले अरू संस्थाहरूसँग संयुक्तरूपमा ‘चिनियाँ बसाइँ सर्ने चराको च्यानलको संरक्षण नेटवर्क’ को स्थापना गरेको छ। बताएअनुसार, भविष्यमा पैसा र प्रविधिको समर्थनबाट मध्य पूर्वी चीनका महत्त्वपूर्ण सिमसार क्षेत्रको संरक्षण गरी ५ करोडभन्दा बढी बसाइँ सर्ने चराको आउजाउ च्यानल संरक्षण गरिने छ।