चीनमा अध्ययनरत अर्जेन्टिनाका विद्यार्थी मासीद्वारा चीनलाई आफ्नो घरको रुपमा लिइएको
2023-05-26 10:42:10cri
Share with:

अर्जेन्टिनाबाट चीन आउनुभएका मासी सर्वप्रथम सन् २००९ मा ब्यूनस आयर्सस्थित चाइनाटाउन घुम्नुभएको थियो। उहाँ चिनियाँ अक्षर र भाषामा आकर्षित हुनुभएको थियो। त्यसैले उहाँले चिनियाँ भाषा सिक्न स्थानीय कन्फ्यूसियस इन्स्टिच्यूट जानुभएको थियो।

 

सन् २०१४ मा मासीले कन्फ्यूसियस इन्स्टिच्यूटको छात्रवृत्ति पाउनुभयो र चीन आउनुभएको थियो। उहाँले चिलीन विश्वविद्यालयमा अध्ययन थाल्नुभएको थियो।

 

मासीका आँखामा बसोबास गर्न चीन जानु एक छनौट मात्र नभई भाग्य पनि हो। सन् २०१७ मा मासी फेरि चीन आउनुभयो। उहाँले चिलीन विश्वविद्यालयमा भाषा विषयमा पी.एच.डी. सम्मको अध्ययन गर्नुभयो। उहाँ यस पटक चीन आउनुको उद्देश्य अध्ययन गर्नु मात्र नभई घर फर्कनु हो। उहाँ भन्नुहुन्छ “अर्जेन्टिना फर्केपछि मैले सधैँ नै चीन सम्झेँ, मैले बिर्सनै सकिन। दृश्य, संस्कृति, भाषा, खाना मैले सधैँ नै सम्झेको थिएँ। तर म चिनियाँहरूको नैतिकता र दयालुपनलाई सबैभन्दा बढी मन पराउँछु। चीनमा मलाई घरजस्तै महसूस हुन्छ। सन् २०१४ मा मैले मेरी प्रेमिका अर्थात् हालकी श्रीमतीलाई चिनेको थिएँ। उनी चिनियाँ हुन्। हामीले चीनमा बसोबास गर्ने निर्णय गरेका थियौँ।”

 

विगत छ वर्षमा चीनको विकास र परिवर्तनप्रति मासीलाई अचम्म लागेको छ। उहाँ भन्नुहुन्छ “चीनको विकास गति हामीले परिवर्तन पत्ता लगाएको गतिभन्दा छिटो छ। सन् २०१७ मा मेरो आबास समुदायमा एक सानो सुपरमार्केट थियो। हाल मेरो आबास समुदायमा एक ठूलो शोपिङ मल छ। मैले मेरो अर्जेन्टिनाका साथीसँग ती कुरा भन्दा उनीहरूले विश्वास गर्दैनन्। मैले उनीहरूलाई भिडियो देखाएँ।”

 

चीन र अर्जेन्टिना यी दुबै पुरानो मित्रहरूका लागि सभ्यताको पारस्परिक सिकाइ र जनताबीचको आदान-प्रदान दुई पक्षको सहकार्यको शक्ति हो। मासी भन्नुहुन्छ “मेरो विचारमा जनताबीचको आदान-प्रदान पारस्परिक समझदारीको आधारमा रहनुपर्छ। सांस्कृतिक पुलको निर्माण गरिनुपर्छ। दुई मुलुकको आदान-प्रदान निरन्तर रुपमा अगाडि बढाइनुपर्छ। आदान-प्रदानमा आर्थिक र व्यापारिक आदान-प्रदान मात्र नभई सांस्कृतिक आदान-प्रदान समावेश गरिनुपर्छ।”

 

भविष्यप्रति चर्चा गर्दा मासी अपेक्षाकृत हुनुहुन्छ। उहाँ भन्नुहुन्छ “चीन मेरो मातृभूमि होइन तर चीन मेरो घर, मेरा आफन्तजन्को घर हो। चीन मेरी छोरीको मातृभूमि हो। पी.एच.डी.डिग्री पाएपछि मैले चिनियाँ भाषा र स्पेनिश भाषासम्बन्धी अध्ययन गर्ने, चीन र अर्जेन्टिनाको जनताको आदान-प्रदानका लागि योगदान पुर्याउने आशा लिएको छु।”