चीन र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रनायकद्वारा दुई देश बीचको सम्बन्धलाई चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्तरमा पुर्‍याउने घोषणा
2023-05-27 15:53:10cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मे २६ तारिख दिउँसो पैचिङमा रहेको बृहत् जनसभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएको प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रपति शिसेकेडी शिलोम्बोसँग भेटघाट गर्नुभयो।

 

चीन र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रनायकले दुई देशबीचको सहयोगात्मक एवम् साझा जीत भएको रणनीतिक साझेदारी सम्बन्धलाई चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्तरमा पुर्‍याउने घोषणा गर्नुभएको छ।