“जोखिमबाट जोगिन खोज्दा चीनसँग विछोडिने जोखिम
2023-05-27 17:58:07cri
Share with:

“हामीले नवीकरणीय उर्जा स्रोत सम्बन्धी उपकरणको उत्पादन गर्न चिनियाँ कम्पनीसँग सहकार्य गर्ने योजना बनाइरहेका छौँ।” हालै विश्व दृष्टिकोणसँग अन्तर्वार्ता दिँदै अस्ट्रेलियाको फोर्टेस्क्यु मेटल्स ग्रूप अन्तर्गत भावी उद्योग कम्पनीका प्रथम कार्यकारी अधिकृत मार्क हट्चिनसन्ले चीनको स्वचालित उत्पादन प्रविधि “आश्चर्यजनक” रहेको व्यक्त गर्नुभएको छ।

 

अस्ट्रेलियाको उक्त कम्पनी जस्तै चीनलाई महत्त्व दिने विदेशी कम्पनीहरुको संख्या धेरै छ। हाल चीनमा तैनाथ धेरै विदेशी वाणिज्य संघका प्रतिवेदनले यो कुरालाई पूर्ण रुपमा प्रमाणित गरेका छन्। यसका साथै विदेशका लागि चीनको निरन्तर खुलापनको विस्तार नीतिले वैदेशिक लगानीको भविष्यलाई राम्रो खबर ल्याएको छ। विदेशका लागि खुलापन सम्बन्धी अनेकन् चौतारोहरुले विदेशी लगानी अरु सुविधाजनक रुपमा चीनमा भित्र्याएर विकासको फाइदा लिन सहयोग पुर्‍याउँदै आएको छ।

 

हाल विश्व अर्थतन्त्र सामु एकपक्षीयतावाद, व्यापारको संरक्षणवाद लगायत चुनौती देखा परेका छन्। केही मुलुकले चीनसँग अलगिएर जोखिमबाट जोगिने कुराको प्रसार गर्दै चीनको विकासलाई रोक्ने नियत राखेको देखिन्छ। तथापि चीनबाट अलगिनु नै जोखिम हुनसक्ने कुरा वास्तविकताबाट प्रमाणित छ।