संगीत महोत्सव निकै समृद्ध
2023-05-27 18:00:19cri
Share with:

भर्खरै सम्पन्न भएको मे १ श्रमिक दिवसको पाँच दिने बिदामा बितेका ३ वर्षदेखि चिस्सिएको संगीत महोत्सव चीनका विविध क्षेत्रमा निकै समृद्ध रूपमा आयोजना गरिएका छन्। पैचिङ, शाङहाई, छङतु, नान चिङ, येन थाइ र चिन नान यी ठूला शहरमा होस् वा ह पै प्रान्तको उछ्याङ जिल्ला र शान तुङ प्रान्तको निङ याङ जिल्ला लगायतका साना क्षेत्रमा विभिन्न परिधिका संगीत महोत्सवको आयोजना गरिएका थिए।

 

अपूर्ण तथ्याङकका अनुसार, गएको मे एक बिदामा चीनभरि जम्मा ४१ वटा संगीत महोत्सवको आयोजना गरिएको थियो। ती संगीत महोत्सव १९ वटा प्रान्तमा भएका छन्। जुन संख्या सन् २०२२ को सोही अवधिको तुलनामा स्पष्ट रूपमा बढेको देखिन्छ।

 

संगीत महोत्सव समृद्ध रूपमा आयोजना हुनुका साथै अन्य धेरै वाणिज्य मूल्यको पनि सिर्जना गरिएको छ। संगीत महोत्सव आयोजना गरिने शहरका उच्च गतिको रेल, विमान टिकट र होटेल बस्ने दर पनि ठूलो मात्रामा उठ्दै गएको देखिन्छ। “पर्यटन जोड संगीत महोत्सवको अवलोकन” भन्ने जीवन शैली हालका युवा युवतीहरूका लागि एक मुख्य रोजाइ बनेको छ।