सगरमाथाका पर्वतारोही
2023-05-27 17:59:34cri
Share with:

विश्वको सर्वोच्च चुचुरो सगरमाथा चीन र नेपाल बीचमा अवस्थित छ। त्यो समुद्री सतहदेखि ८८४८.८६ मिटरको उचाईमा रहेको छ।

 

सन् १९५३ को मे २९ तारिख न्युजिल्याण्डका पर्वतारोही एड्मण्ड हिलारी तथा नेपालका पथप्रदर्शक तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको दक्षिणी मोहडाबाट  सगरमाथा आरोहण गरेका थिए। मानव जातिले सफलताका साथ सगरमाथाको आरोहण गरेको यो नै पहिलो पटक हो।

 

सन् १९६० को मे २५ तारिख बिहान सबेरै ४ बजेर २० मिनेट जाँदा चिनियाँ पर्वतारोहण दलका सदस्य वाङ फु चौ, कुङ बु र छ्वी यिन ह्वाले चिनियाँ राष्ट्रिय झण्डा सगरमाथा चुचुरोमा राखेर मानव जातिको इतिहासमा उत्तरी मोहडाबाट पहिलो पटक सगरमाथा आरोहण गरेका थिए।