राष्ट्राध्यक्ष सी चिनफिङ तथा गणतन्त्र कङगोका राष्ट्रपति बीच भेटवार्ता
2023-05-27 15:52:37cri
Share with:

मे २६ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहद सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका गणतन्त्र कङ्गोका राष्ट्रपति शिसेकेडी शिलोम्बोसँग भेट वार्ता गर्नुभएको छ। दुवै देशका राष्ट्रनायकले दुई देश बीच सहकार्य र साझा जीत हुने रणनीतिक साझेदारी सम्बन्धलाई सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको रूपमा उकास्ने घोषणा गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले अफ्रिकी दाजुभाइहरूसँगै मिलेर चीन अफ्रिका सहकार्य मञ्च अन्तर्गत डकार सम्मेलनमा प्राप्त उपलब्धिलाई राम्रोसँग व्यवहारमा उतार्नुका साथै हातमा हात मिलाउँदै नयाँ युगमा चीन अफ्रिका भाग्य एकरूपताको स्थापना गर्दै जान चीन इच्छुक रहेको कुरामा जोड दिनुभएको छ।

 

प्रत्युत्तरमा राष्ट्रपति शिसेकेडीले चीनसँग मिलेर दुवै देशबीचको सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विषयलाई यथेष्ट पारी गणतन्त्र कङगो र चीन बीच लचिलो, स्थिर र सिर्जनशील सम्बन्धको निर्माण गर्दै जाने आशा व्यक्त गर्नुभएको छ।

 

वार्ता सम्पन्न भएपछि दुवै पक्षले “जन गणतन्त्र चीन र प्रजातान्त्रिक गणतन्त्र कङगोबीच सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापनाबारे संयुक्त वक्तव्य” जारी गरेका छन्।