सी ९१९ ठूलो ढाँचाको विमानको पहिलो व्यापारिक उडान सफल
2023-05-28 18:14:48cri
Share with:

आज मे २८ तारिख बिहान चाइना इस्टर्न एयरलाइन्सले विश्वको पहिलो सी-९१९ ठूलो ढाँचाको विमानको एम यु ९१९१ उडानबाट शाङहाईको होङ छ्याउ विमानस्थलदेखि पैचिङको राजधानी विमानस्थलमा सफलताका साथ अवतरण गरेको छ। अबदेखि यात्रुहरूले चीनद्वारा उत्पादित ठूलो ढाँचाको विमानबाट यात्रा गर्न पाउने छन्।

 

आजको पहिलो व्यापारिक उडानमा १३० भन्दा बढी यात्रुहरुले सी ९१९ ठूलो ढाँचाको विमानको हवाई यात्राको अनुभव गरेका छन्। यस विमानमा प्रदान गरिने खानाप्रति पर्यटकहरुले सबैभन्दा बढी अपेक्षा गर्न सक्छन्। प्राप्त जानकारी अनुसार, पर्यटकहरुले मत हालेपछि छानिएको खाना भावी उडानमा प्रदान गरिने छ।