अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्यलाई सबल पारी मानव जाति सामु देखा परेका साझा धम्कीको सामना गर्नुपर्ने: विश्वका विद्वानहरूको विचार
2023-05-28 18:11:25cri
Share with:

विज्ञान नै सिर्जनशील हुने, विकास हुने र अगाडि बढ्ने जीवन्त शक्ति हुनुका साथै विश्वव्यापी चुनौतीको सामना गर्ने सशक्त हतियार पनि हो। अझ खुलस्त विचार र कदमको सदुपयोग गर्दै अन्तर्राष्ट्रिय वैज्ञानिक प्राविधिक सहकार्यलाई कसरी अघि बढाउने? विज्ञान बमोजिम वैज्ञानिक प्रगतिले समाजमा ल्याउने सकारात्मक प्रभावलाई कसरी सबल पार्ने, विस्तार गर्ने र गहन पार्ने? हाल भइरहेको चोङ क्वान छुन मञ्च सन् २०२३ अन्तर्गत भावी विज्ञान फोरममा विज्ञानतर्फको पुरस्कारका बिजेता, विश्वका प्रसिद्ध विश्वविद्यालय, प्रतिष्ठान र अनुसन्धानालयका विशेषज्ञ, विद्वान तथा विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तिहरूले भेला भई गहन रूपमा त्यस विषयबारे विचार विमर्श गरेका छन्।

 

हङकङ विश्वविद्यालयका गभर्नर, चिनियाँ विज्ञान प्रतिष्ठानका सदस्य एवम् अमेरिकी राष्ट्रिय परियोजना प्रतिष्ठानका सदस्य चाङ स्याङका अनुसार, विज्ञानको अर्थमा खुलापन भन्ने विषय समावेश छ। विशेषत: बितेका केही वर्षयता मौसम, कार्बन उत्सर्जन र मानव जातिको स्वास्थ्य लगायतका वैज्ञानिक समस्याहरू नै पूरै मानव जाति सामु देखापरेको चुनौती भएकाले अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत पारी त्यसको सामना गर्नु निकै आवश्यक छ।