चीनद्वारा आवश्यक कदम चालेर महत्वपूर्ण आधारभूत प्रबन्धको सुरक्षालाई हानी पुर्याउने विभिन्न प्रकारका साइबर आक्रमणको प्रतिरोध
2023-05-28 18:12:19cri
Share with:

गत वर्षयता चीनका नेटवर्क सुरक्षा संस्थाले लगातार रूपमा प्रतिवेदन जारी गर्दै अमेरिकी सरकारले लामो समयदेखि चीनका महत्वपूर्ण आधारभूत प्रबन्धको सुरक्षामा क्षति पुर्याउने विभिन्न प्रकारका साइबर आक्रमण अवस्थाबारे भण्डाफोर गरेको छ। भविष्यमा चीनले निरन्तर रूपमा आवश्यक कदम चालेर चीनका महत्वपूर्ण आधारभूत प्रबन्धको सुरक्षालाई हानी पुर्याउने विभिन्न प्रकारका यस्ता आक्रमणको प्रतिरोध गर्दै जानेछ। चीनले अमेरिकामाथि इन्टरनेट आक्रमण गरेको अमेरिकी पदाधिकारीको भनाइबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले २६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

 

प्रवक्ता माउ निङका अनुसार, महत्वपूर्ण आधारभूत प्रबन्धको सुरक्षाको संरक्षण गर्नु नै विभिन्न मुलुकहरूको साझा विचार हो।    

पहिलेका साधारण तरिकाको दाँजोमा अहिले इन्टरनेट आक्रमणमार्फत महत्वपूर्ण आधारभूत प्रबन्धलाई ध्वस्त हुनबाट जोगाउनु नै विभिन्न मुलुकका लागि झन जटिल र चुनौती हुनेछ।