छङ तु तत्पर
2023-05-28 18:10:44cri
Share with:

जुलाई २८ तारिख ३१ औं विश्व युनिभर्सिआड  खेलकुद चीनको दक्षिण पश्चिमी भागको सछ्वान प्रान्तको सदरमुकाम छङ तुमा शुरू हुनेछ। जुन चीनले विश्व युनिभर्सिआड  खेलकुदको आयोजना गरेको तेस्रो पटक हुनुका साथै चीनको पश्चिमी क्षेत्रले मिलिजुली अन्तर्राष्ट्रिय खेलकुद समारोहको आयोजना गरेको यो पहिलो पटक हो।

 

उक्त खेलकुद समारोह उल्टो गन्ती अर्थात् काउन्ट डाउनको दुई महिना बाँकी रहँदा छङ तुले सहज, सुरक्षित र मनोरञ्जनात्मक मापदण्ड बमोजिम जोडतोडसँग विश्व युनिभर्सिआड  खेलकुदका विभिन्न तयारी कार्यलाई अघि बढाइरहेको छ। विश्वसमक्ष एउटा विशेषतायुक्त युवा समारोह देखाउन छङ तु तत्पर रहेको छ।