चीनद्वारा व्यावहरिक गतिबिधि गरी विश्वका जनताको स्वास्थ्य तथा कल्याणको प्रबर्द्धन
2023-05-29 18:17:34cri
Share with:

केही समययता गिनी बिसाउका राष्ट्रपतिले चिनियाँ चिकित्सा उद्धार टोलीलाई सहयोग र विकास राष्ट्रिय सम्मान पदक प्रदान गर्नुभएको छ, लाओसको रक्षामन्त्रालयले चिनियाँ सेनाको आठौँ उद्धार चिकित्सा दललाई लाओस जन सेना बहादुर पदक प्रदान गर्नुभएको छ, कम्बोडिया स्वास्थ्य मन्त्रालयले चिनियाँ उद्धार चिकित्सा दललाई कम्बोडिया राज्यको नाइडहुड प्रदान गर्नुभएको छ, जुन चिनियाँ उद्धार चिकित्सा दललाई उच्च प्रशंसा गरेका छन्। यस बारेमा मे २९ तारिख चीनको परराष्ट्रमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले जिज्ञासा राखेका छन्।

पत्रकारको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता माउ निङले वैदेशिक चिकित्सा उद्धार सुरू भएको ६० वर्षयता चीनले अफ्रिका, एशियालगायत ७६ वटा मुलुक र क्षेत्रलाई ३० हजार जना चिकित्सक खटाएको छ र २९ करोड व्यक्तिलाई उपचार गरेर व्यापक प्रशंसा पाएको बताउनुभयो। उहाँले विकासोन्मुख मुलुकका रूपमा रहेको चीनले व्यापक विकासोन्मुख मुलुकहरूसँग बसिरहेको भन्दै चीनले व्यावहारिक गतिबिधि गरी विकासोन्मुख मुलुकलाई  समर्थन र सहयोग गरेर विश्व जनताको स्वास्थ्य र कल्याणलाई बढाउने विचार व्यक्त गर्नुभयो।