अमेरिकाले चीनसँग सम्बन्ध बनाउनेबारे किसिन्जरबाट सिक्नुपर्छ
2023-05-29 15:52:51cri
Share with:

अमेरिकी इतिहासमा सबभन्दा ध्यानाकर्षित विदेशमन्त्रीका रूपमा रहनुभएका डा.हेनरी एल्फ्रेड किसिङ्जरले हाल आफ्नो शताब्दी जन्मदिन मनाउनुभएको छ। यसअघि अमेरिकाका लागि नव नियुक्त चीनका राजदूतले उहाँसँग भेट गर्दा चीनको तर्फबाट शताब्दी जन्मदिनको शुभकामना ज्ञापन गर्नुभएको थियो। जसबाट मित्रतामा ध्यान दिने चिनियाँ परम्परा प्रतिबिम्बित हुनुका साथै चीन-अमेरिका सम्बन्ध विकासबारे चिनियाँको पुरानो साथीका प्रयासप्रति प्रशंसा र आदर व्यक्त गरिएको छ।

सन् १९७१ मा किसिन्जरले पैचिङको गोप्य रूपमा भ्रमण गर्नु नै उहाँको कुटनीतिक कार्यको निकै महत्वपूर्ण अनुभव हो। त्यतिखेर किसिन्जरले चीन र अमेरिकाका तत्कालीन नेतासँग दुई राष्ट्रिय अवस्था फरक मुलुकबीचको सम्बन्धलाई सामान्यीकरण बनाउनुभएको थियो जुन हालसम्म पनि चीन, अमेरिका लगायत विश्वलाई महत्वपूर्ण प्रभाव पारिरहेको छ।

हाल ५० वर्षभन्दा लामो समय बितिसकेको छ भने अमेरिकामाथि चीनको नीति निरन्तर र स्थिर भइरहेको छ तर केही वर्षयता चीनबारे गलत धारणाको आधारमा अमेरिकाले चीनलाई प्रमुख शत्रु र दीर्घकालीन चुनौतिका रूपमा हेरेको छ। यसबाट चीन र अमेरिका सम्बन्धलाई सही ट्र्याकबाट हटाएर विश्वलाई अशान्त पारिएको छ। अमेरिकी टाइम्स साप्ताहिकले हाल यसरी टिप्पणी गरेको छ कि वर्तमान साँच्चिकै बहुध्रुवीय विश्वमा किसिन्जरको व्यावहारिक दृष्टिकोण अझै पनि अझ आवश्यक देखिएको छ। हाल चीन-अमेरिका सम्बन्ध फेरि चौराहीमा पुग्दा ह्वाइट हाउसका नेताले यस सय वर्षीय बृढाबाट कुटनीतिक बुद्धि सिक्नुपर्छ।

“चीन र अमेरिकाबीच पारस्परिक धम्की र व्यापक युद्ध नहुँदा सहअस्तित्व हुनसक्छ कि?हुनसक्छ, पहिला मलाई लाग्थ्यो, अब अझै यसको महत्व छ।”किसिन्जरले इकोनोमिक्स पत्रिकारलाई अन्तर्वार्ता दिँदै उक्त कुरा भन्नुभयो। अमेरिकाले वरिष्ठ कुनीतिज्ञको बुद्धि सिकेर व्यावहारिक चिनियाँ नीति चलेर चीन-अमेरिका तीन वटा सयुंक्त विज्ञप्तिको सही बाटोमा फर्कन सक्ने आशा चीनले लिएको छ। जुन दुई देशका हितसँग अनुकूल रहेको छ साथै विश्वको हितसँग पनि अनुकूल रहेको छ, सायद सय वर्षीय किसिन्जरले सबभन्दा अपेक्षा गर्नुभएको जन्मदिन उपहार होला।