नेपालमा चीनबाट भित्रिने विदेशी लगानीमा सबैभन्दा धेरै चिनियाँ लगानी
2023-05-29 15:37:51cri
Share with:

नेपालमा भित्रिने विदेशी लगानीमा सबैभन्दा धेरै चीनबाट रहेको छ। 

२०७९ फागुनसम्म विदेशी लगानीको स्वीकृति पाएका उद्योगमध्ये कुल लगानीको आधारमा सबैभन्दा बढी  चीनको ४४‍‍.४ प्रतिशत रहेको हो। 

दोस्रोमा रहेको भारतको २३.५ प्रतिशत रहेको छ। लगानी स्वीकृति सङ्ख्याको आधारमासमेत सबैभन्दा ३७.४ प्रतिशत र भारतको १४.४ प्रतिशत रहेको नेपाल खबर अनलाइनले लेखेको छ।       

२०७९ फागुनसम्म ६ लाख ७३ हजार लघु, घरेलु तथा साना उद्योगहरू दर्ता भई ३३ लाख ८५ हजारको रोजगारी सिर्जना भएको सरकारले जनाएको छ।  
२०७८ फागुनसम्म ५ लाख ५५ हजार लघु, घरेलु तथा साना उद्योग दर्ता भई ३० लाख ८ हजार को रोजगारी सिर्जना हुने अनुमान रहेको थियो।