३ चिनियाँ अन्तरिक्षयात्री मङ्गलबार बिहान अन्तरिक्षमा जाने
2023-05-29 14:52:20CRI
Share with:

चीन मानवसहित अन्तरिक्ष परियोजना कार्यालयका अनुसार, पैचिङ समय अनुसार मै ३० तारिख बिहान ९ बजेर ३१ मिनेटमा शनचौ १६ नम्बर मानवसहित अन्तरिक्षयानको प्रक्षेपण गरिने छ। ३ अन्तरिक्षयात्री चिन हाइफङ, चु याङचु र क्वी हाइछाउ उक्त अन्तरिक्ष यात्रामा सहभागी हुने छन्। 

चालू वर्षमा शनचौ १६ नम्बर मानवसहित अन्तरिक्षयानको यो दोस्रो मानवसहित अन्तरिक्ष उडान कार्य हो र चिनियाँ अन्तरिक्ष केन्द्रको प्रयोग र विकासको चरणको पहिलो मानवसहित कार्य पनि हो। हाल शनचौ १६ नम्बरको प्रक्षेपण मिसनमा प्रयोग गरिने लङ मार्च २ एफ याओ-१६ क्यारियर रकेटमा प्रोपेलेन्ट राख्ने कार्य सुरु भएको छ।