सबैसँग अनुकूलन प्रजातान्त्रिक प्रणाली छैन:चिनियाँ परराष्ट्रमन्त्रालय
2023-05-29 19:09:52cri
Share with:

मे २८ तारिख सिङ्गापुरका उप प्रधानमन्त्री लोरेन्स वाङले निक्केइ मञ्च “एशियाको भविष्य”लाई सम्बोधन गर्नुभएको छ। मे २९ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले त्यसबारे चर्चा गर्दै लोकतन्त्रबारे सिङ्गापुरका उप प्रधानमन्त्री लोरेन्स वाङको धारणा सिङ्गापुरको सफल अभ्यासको आधारमा गरिएको हो साथै धेरै मुलुकको विचार पनि देखाइएको बताउनु भएको छ।

 प्रवक्ता माउ निङले सबैलाई थाहा छ कि लोकतान्त्रिक प्रणाली सबैसँग अनुकूलन भएको नमूना छैन तर स्वदेश अवस्थासँग अनुकूल भएको, व्यापक जनताको हितको प्रतिनिधित्व गरेको लोकतन्त्र नै प्रभावकारी साँच्चिकै र राम्रो लोकतन्त्र हो भन्ने कुरा बताउनुभयो। उहाँले चीन र सिङ्गापुरको राष्ट्रिय अवस्था फरक भए पनि आ-आफ्नो अवस्थासँग मिल्ने र स्वदेश विशेषतायुक्त लोकतान्त्रिक बाटो भेटाएका भन्दै हामीले विश्वलाई सितल युद्धतिर लाने गतिबिधिको कडा विरोध गरेको व्यक्त गर्नुभयो।