सन् २०३०अघि चीनद्वारा मानवलाई चन्द्रमामा पठाइने
2023-05-29 14:43:10CRI
Share with:

हालै मानवसहित चन्द्रमा अन्वेषण परियोजना अन्तर्गत चन्द्रमा अवतरण कार्य शुरू भएको छ र यस कार्यको समग्र लक्ष्य सन् २०३० अघिसम्ममा मानवलाई चन्द्रमामा अवतरण गराउने रहेको छ। उक्त जानकारी मै २९ तारिख चीनमानवसहित अन्तरिक्ष परियोजना कार्यालयका उप प्रमुख लीन सीछ्याङले शनचौ १६ नम्बरमानवसहित अन्तरिक्ष उडान कार्यको पत्रकार सम्मेलनमा दिनुभएको हो। चन्द्रमामा पुगेपछि वैज्ञानिक सर्वेक्षण तथा अनुसन्धान लगायत कार्यहरू गरिने छ। 

हालसम्म चिनियाँ मानवसहित अन्तरिक्ष परियोजना कार्यालयले सम्बद्ध निर्माण कार्यको बन्दोबस्त थालेको छ। जसमा मानवसहित नयाँ ढाँचे रकेटको विकास तथा अनुसन्धान गर्ने, मानवसहित नयाँ ढाँचे अन्तरिक्षयानको विकास गर्ने, चन्द्रमा अवतरण यन्त्रको विकास गर्ने लगायत विविध कार्य समावेश छन्।