फ्रान्सको मिशलिन भान्से क्वाङ थानको मिठो चिनियाँ खानाबारे चीनको यात्रा सम्बन्धी कथा-२
2023-05-29 09:04:24cri
Share with:

क्वाङ थानको विचारमा शाङहाई चीनको सुधार तथा खुलापन र आविश्कारको अग्रस्थानमा रहेको छ। उहाँका अनुसार, अहिले शाङहाईको जताततै ठाउँमा कफी पसलहरु छन्। एक किसिमको पश्चिमी संस्कृतिको रुपमा कफीले शाङहाईको स्थानीय संस्कृतिमा राम्रोसँग मिसाएको छ।

शाङहाईमा धेरै ठाउँबाट आएका कारकतत्वहरु छन्। तिनीहरु मिसिने क्रममा आफ्नो विशेषता र शैली बन्छ। उदाहरणका लागि कफी हो। कफी विदेशबाट आएको सामान हो, तर शाङहाईमा त्यसलाई छिटै स्वीकार गरिएको छ। अहिले शाङहाईमा रहेका कफी पसलहरुको संख्या विश्वमा सबैभन्दा बढी छ। कफी विविध थरिका छन्। शाङहाईमा रहेका कफी पसलहरुको शैली पनि फरक छ।

क्वाङ थानले चीनका धेरै ठाउँहरु घुम्नुभएको छ। साथसाथै उहाँले विभिन्न ठाउँको विभिन्न खानाको स्वाद लिनुभएको छ। चीनमा उहाँले विविध थरिका सामग्री भेट्नुभएको छ। धेरै ताजा खाद्य सामग्री उहाँले पहिले भेट्नुभएको थिएन। चिनियाँहरुले अण्डा तथा भटमास जस्तै सामान्य वस्तुलाई पनि फरक फरक मिठो स्वादमा पकाउँछन्। आकर्षक चीनबाट उहाँको जीवन धेरै रोचक रहेको छ।

फु च्यानमा हामीले पहेंलो क्रोकर देख्यौँ। पहेंलो क्रोकर पाल्ने ठाउँ समुद्रमा रहेको छ। बेलुका पहेंलो क्रोकरलाई समुद्रबाट निकाल्ने हो भने त्यसको रंग पहेंलो हुन्छ र त्यो भ्यागुतो जस्तै आवाज निकालेर कराउँछ।

चीनका प्रशस्त मिठो खानाप्रति क्वाङ थान आश्चर्यचकित हुनुभएको छ। चिनियाँहरुको सुखीयालीयुक्त जीवनबाट उहाँले सुखको अनुभव गर्नुभएको छ।

एक हिउँद ऋतुमा मैले सुअवसर पाएर सिन च्याङको आलथाई क्षेत्र घुमेँ। त्यहाँ धेरै जाडो भएतापनि त्यहाँको दृश्य निकै सुन्दर थियो। बाक्लो हिउँ दूधको तर जस्तै देखियो। त्यहाँ रहेका गाउँलेहरु बस्ने घर काठबाट बनाइएको थियो। घरमा बसेर स्थानीय बासिन्दाहरुसँग कुराकानी गर्दा कुनै जाडो लागेन तर खुसी लाग्यो। उनीहरुले स्थानीय संस्कृति तथा स्थानीय खाना हामीलाई जानकारी दिएका थिए।

फ्रान्सेली खानाका मुख्य भान्सेको रुप भएतापनि चिनियाँ खानाप्रति चासो राखेर क्वाङ थानले चिनियाँ तथा पश्चिमी खाना मिश्रित परिकारको प्रचार-प्रसार गर्दै आउनुभएको छ। उहाँको विचारमा परिवर्तन भएपछि मात्रै विकास हुन सक्छ।

मैले घरमा चिनियाँ खाना पकाउँदा सधैं इटलीको कालो भिनिगर र केही चकलेट राख्ने गर्छु, जसबाट चिनियाँ खानाको अर्को शैली बन्छ। फ्रान्समा बस्दा मैले सधैं चिनियाँ खाना पकाउँथें। धेरै फ्रान्सेलीले मलाई सोधे, ‘यो तरकारी किन यसरी पकाएको? यो तरकारी चीनको कुन ठाउँको हो? त्यसैले विश्वमा अरु बढी आदान-प्रदान भएपछि आपसी जानकारी हुनसक्ने मलाई लाग्छ। मिठो खानाको आदान-प्रदानमार्फत फ्रान्स र चीन बीचको मित्रतालाई सबल पार्न सक्ने मेरो आशा छ।’