शनचौ १६ मानवसहितको अन्तरिक्षयानको सफल प्रक्षेपण
2023-05-30 10:26:23CRI
Share with:

मे ३० तारिख पैचिङ समयअनुसार बिहान ९:३१ मा शनचौ १६ नम्बर मानवसहितको अन्तरिक्षयान बोकेको लङ मार्च २ एफ याउ–१६ क्यारियर रकेटलाई च्यौछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको छ। साथै लगभग १० मिनेटपछि शनचौ १६ नम्बर मानवसहितको अन्तरिक्षयान रकेटबाट सफलतापूर्वक अलग भएर पूर्वनिर्धारित कक्षमा प्रवेश भएको छ। अन्तरिक्ष यात्री दल सबै राम्रो अवस्थामा छन् र यस पटकको प्रक्षेपण कार्य पूर्ण रूपमा सफल भएको छ।

चीन मानवसहित अन्तरिक्ष परियोजना कार्यालयका अनुसार, सो अन्तरिक्षयान कक्षमा प्रवेश भएपछि यसले निर्धारित प्रक्रिया वमोजिम अन्तरिक्ष स्टेशनसँग स्वचालित रूपमा द्रुत डकिङ्ग गर्नेछ। साथै  शनचौ १६ नम्बर मानवसहित अन्तरिक्षयानको यात्री दलले शनचौ १५ नम्बर मानवसहित अन्तरिक्षयान यात्री दलसँग काम साट्नेछ। अन्तरिक्ष स्टेशनमा काम गर्ने र बस्ने अवधिमा, शनचौ १६ नम्बर मानवसहित अन्तरिक्षयान यात्री दलले क्याबिन बाहिर गएर काम गर्नेछ। यसका साथै उनीहरूले अन्तरिक्ष विज्ञान परीक्षणहरू गर्नेछन् र क्याबिन भित्र र बाहिर उपकरणहरूको स्थापना एवम् मर्मत लगायत विभिन्न कार्यहरू पूरा गर्नेछन्।