चस्मा लगाउने पहिलो चिनियाँ अन्तरिक्ष यात्रीको तालिम
2023-05-30 14:30:36CRI
Share with:

मे २९ मा शनचौ १६ नम्बर अन्तरिक्षयात्री दलको नामावली सार्वजनिक भएपछि चश्मा लगाउने पहिलो चिनियाँ अन्तरिक्षयात्री क्वी हाइछाउको परिचय सार्वजनिक गरिएको छ। मानवसहित अन्तरिक्ष मिसनका पहिलो पेलोड विशेषज्ञ ३६ वर्षीय उहाँ विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गर्ने विद्यार्थीको सुपरभाइजर हुनुहुन्छ।

७२ घण्टासम्म सुत्न नपाउने तालिमदेखि जीएनसी म्यानुअल गति नियन्त्रण अभ्यासहरूसम्म अनि जंगलमा संघर्षको तालिम लगायत बितेका दुई वर्षभन्दा बढीको समयमा क्वी हाइछाउले ८ किसिमअन्तर्गत २०० भन्दा बढी विषयहरूमा कठोर तालिम लिनुभएको छ।

अन्तरिक्षयात्रामा जानुअघि क्वी हाइछाउले आत्मविश्वासका साथ यसरी भन्नुभयो: "मलाई लाग्छ कि म प्राविधिक, शारीरिक र मनोवैज्ञानिक रूपमा तयार छु र मैले यस मिशनका चुनौतीहरूको सामना गर्नसक्ने मेरो विश्वास छ!"