सिल्क रोड ई-कमर्स बीआरआई कृषि व्यापारको बढ्दो शक्ति
2023-05-31 10:26:08CRI
Share with:

थाइल्याण्डको डुरियन, भियतनामको ड्रागन फ्रुट, कम्बोडियाको चामल, इटालीको जैतुन... ‘बेल्ट एण्ड रोड’ सम्बद्ध देशहरूबाट ठूलो परिमाणमा निर्यात भएका विशेषतायुक्त सामानहरू ई-कर्मस प्लेटफर्महरूमार्फत चिनियाँ उपभोग बजारमा प्रवेश भएपछि कृषि वस्तुहरूको व्यापारमा ठूलो वृद्धि भएको पाइएको छ।

सन् २०१३ मा चीनले सिल्क रोड आर्थिक पेटी र एक्काइसौँ शताब्दीको सामुद्रिक सिल्क रोड निर्माण सम्बन्धि प्रस्ताव प्रस्तुत गरेको थियो। विगत एक दशकमा चीन र 'बेल्ट एण्ड रोड' सम्बद्ध देशहरूबीच कृषि व्यापार सम्पर्कको स्तर निरन्तर माथि उकासिरहेको छ। चीनमा ई-कर्मसको तीव्र विकाससँगै बीआरआई सम्बद्ध मुलुकका सरकारहरू र उद्यमहरूको संयुक्त प्रयासमा, सिल्क रोड ई-कमर्सले दुईतर्फी व्यापार च्यानल खोलेको छ र बिस्तारै "बेल्ट एण्ड रोड" अन्तर्गत कृषि व्यापार नयाँ शक्तिको रूपमा विकसित भएको छ।

प्राप्त जानकारी अनुसार, सन् २०२२ मा चीन र बीआरआई सम्बद्ध देशहरूबीच कृषि उत्पादनको अन्तर्देशीय इ-कमर्श व्यापार मात्रा २.२९ अर्ब अमेरिकी डलर पुगेको छ जुन वार्षिक रूपमा ३५.३ प्रतिशतको वृद्धि भएको छ। सन् २०२२ सम्ममा चीनले सिल्क रोड ई–कमर्शको प्रारूपमा २९ देशसँग द्विपक्षीय सहयोग संयन्त्र स्थापना गरिसकेको छ।