चिनियाँहरुको थर र नाम सम्बन्धी सँस्कृति-2
2023-05-31 09:01:06cri
Share with:

इसापूर्व तेस्रो शताब्दीमा छिन् राज्यले चीनको एकीकरण गरेपछि पहिले मातृ-सत्तात्मक युगमा उत्पन्न भएका थर र पितृ-सत्तात्मक युगमा उत्पन्न भएका नाममा एकरुपता कायम गरियो। त्यसको लगत्तै चीनको दुइ हजार वर्ष लामो सामन्तवादी समाजमा दशपल्टसम्म राजवंशको परिवर्तन भएको थियो। हरेकपल्टको परिवर्तनबाट नयाँ जग्गा-क्षेत्र दिइएकोमा नयाँ थर र नाम पनि पैदा भएका थिए। तसर्थ थर र नाम वर्गीय समाजमा एक उपाधिको प्रतीकका रुपमा देखापरेका थिए। साथै थर र नामलाई केन्द्रिभूत गरेर विशिष्ट सँस्कृति पनि बनिसकेको थियो। पछिका नाति/पनातिले यस किसिमको सँस्कृतिको बिंडो थामेका थिए। संस्कारको आयोजना गरेर पुर्खाको स्मृति र खोजी गर्ने अवधारणा यसको केन्द्र रहेको थियो।

आजसम्म विदेशमा बसेका चिनियाँ र चिनियाँ प्रबासीहरुले चीनको मुख्य भू-भागमा फर्केर आफ्नो पूर्खा खोज्ने परम्परा कायमै राख्नेगरेका छन। केही वर्षयता चीनका थर र नाम सम्बन्धी सँस्कृति चीनको प्राचीनकालीन समाजमा पैदा भएको विशेष ऐतिहासिक वस्तुका रुपमा रहेर मानिसहरुका लागि नयाँ दृष्टि राखेर चिनियाँ राष्ट्रको दीर्घकालीन इतिहासको अध्ययन गर्ने एक मूल्यावान् ढुकुटी बनिसकेको छ। उदाहरण होः थर र नामको उत्पत्ति, छुट्याइ तथा मिलाइबाट प्राग-ऐतिहासिक कालमा भिन्नै सामाजिक ढाँचाको परिवर्तनको विशेषताको जानकारी पाउन सकिन्छ। गोत्र विवरण, वंशावली, खलक समन्वय आदि अनेकन् ठोस कुरा हेर्ने हो भने हाड करणीको सम्बन्धले प्राचीन समाजको विकास र सामाजिक जीवनमा खेलेको ऐतिहासिक भूमिका बारे जानकारी लिनसकिने छ। सारांशमा भन्ने हो भने चीनको प्राचीनकालका अनेकन् सारगर्भीत विशेषता जस्तै निरंकुश प्रशासन , परिवार ढाँचाको सामाजिक बनौट , राजाप्रति इमान्दारी र नाता-कुटुम्बलाई सम्मान गर्ने नैतिकता र चरित्रताको मापदण्ड आदि सबै थर र नाम सम्बन्धी सँस्कृतिद्बारा यथेष्ट रुपमा प्रदर्शित गरियो। त्यसैले विज्ञ क्षेत्रमा यस विषयलाई निकै महत्व दिइएको छ।