जापानले आइएइए सुरक्षा समीक्षासमक्ष पाँच वटा विषयलाई स्पष्ट पार्नुपर्छ
2023-05-31 16:17:44cri
Share with:

मे २९ तारिखदेखि आइएइएका विशेषज्ञ दलले जापानको पाँच दिने भ्रमण गर्न थालेको छ। जापानी सञ्चार माध्यमका अनुसार, सो एकाइले अन्तिम मूल्यङ्कन प्रतिवेदन निकाल्नुअघि फुकुशिमा आणविक दूषित पानी निकास परियोजनामाथि सुरक्षा समीक्षा गरेको यो अन्तिम पटक हो। भ्रमण अवधिमा ११ वटा मुलुकका विशेषज्ञले जापान सरकार र टोकियो इलेक्ट्रिक पावर कम्पनीका प्रतिनिधिसँग भेट गरी निकास उपकरणको निरीक्षण गर्नेछन् र जुन महिनामा प्रतिवेदन प्रकाशित हुने अनुमान छ।

आइएइएका महा प्रबन्धक राफाएल मारियानो ग्रोसीले हालै चीनको भ्रमण गर्दा एकाइले कुनै पनि मुलुकको प्रदूषित पानी निकासको समर्थन नगर्ने र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डसँग विपरीत कुनै पनि गतिबिधिको स्वीकार नगर्ने स्पष्टता पार्नुभएको छ। फुकुशिमा आणविक दूषित पानी निकास परियोजनाबारे विश्वको कडा विरोधको सामना गर्दा जापानी सरकारले आइएइएको मूल्याङ्कन समीक्षाको प्रयोग गरी प्रदूषित पानीको निकासको लागि पास पत्र खोज्ने संभव छैन। दक्षिण कोरिया, प्रशान्त टापु देशहरू समेत विभिन्न मुलुकका सर्वसाधारणले आग्रह गरेका झैँ जापानले पाँच वटा विषयबारे स्पष्टता दिएर अन्तर्राष्ट्रिय समूहको नजरको प्रतिकृया दिनुपर्छ।

ती पाँच वटा विषय यस प्रकार छन्: नं १, फुकुशिमा आणविक दूषित पानीको उपचार गर्न समुद्रतिर फाल्नु नै एक मात्र उपाय हो कि? नं २, टोकियो इलेक्ट्रिक पावर कम्पनीको आणविक दूषित पानी डाटा विश्वसनीय छ? नं ३, आणविक दूषित पानीको लागि "शुद्धीकरण उपकरण" साँच्चै प्रभावकारी छ? नं ४, आणविक दूषित पानी समुद्रतिर फालेबाट वातावरणलाई पारिने असरबारे जापानले किन हालसम्म कुनै पनि वैज्ञानिक मूल्याङ्कन गरेको छैन? नं ५, प्रदूषित पानी समुद्रमा फाल्ने योजनाबारे जापानले किन छिमेकी मुलुक, प्रशान्त टापु मुलुकहरू लगायत सम्बद्ध पक्षसँग सम्पूर्ण सल्लाह गरेको छैन?

जापानले अन्तर्राष्ट्रिय कर्तव्यको दतचित्त भएर पालना गरी छिमेकी मुलुकलगायत सरोकारवालाहरू र सम्बन्धी अन्तर्राष्ट्रिय एकाइसँग सम्पूर्ण सल्लाह गरी सहमत सम्पन्न गर्नुपर्छ। तर त्यसअघि जापानले जथाभाबित रूपमा यो योजनाको सुरू गर्नुहुँदैन।