चीन शिक्षा शक्तिमार्फत् बलियो मुलुकको स्थापनामा प्रतिबद्ध
2023-05-31 09:54:20cri
Share with:

मे २९ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोले शिक्षासम्बन्धी सामूहिक अध्ययनको आयोजना गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यस सम्बन्धमा निर्देशन दिनुभएको छ।

चीन प्राचीनकालदेखि नै शिक्षकलाई सम्मान गर्ने र शिक्षामा उच्च ध्यान दिने मुलुक हो। चिनियाँ जातिको ५ हजार वर्ष लामो इतिहास शिक्षामा ध्यान दिइएको नतिजा हो। हाल चीनद्वारा निर्माणाधीन चिनियाँ शैलीको आधुनिक बलियो मुलुक पनि शिक्षासँग घनिष्ठ सम्बन्ध रहेको छ।

राष्ट्राध्यक्ष सीले गर्नुभएको सम्बोधन तथा कार्य योजनामा उहाँले सधैँ भन्नुहुने जनता केन्द्रित शासन विचार हेर्न पाइन्छ। जनताला शिक्षित बनाउन तथा इच्छा गरेको विषयलगायतमा शैक्षिक तालिम लिन र समान शिक्षालाई अघि बढाएर सहर र ग्रामिण क्षेत्र, विभिन्न स्कुलबीचको अन्तरलाई कम बनाएर हरेक विद्यार्थीला समान र उच्च गुणस्तरीय शिक्षा लिन उहाँले आग्रह गर्नुभएको छ।

चिनियाँ शैलीको आधुनिकीकरणको निर्माणमा उच्च स्तरीय प्राविधिक रूपमा आफूलाई सक्षम बनाउन निकै महत्वपूर्ण रहेकोले वैज्ञानिक र प्राविधिक शिक्षा र परियोजना शिक्षालाई सबल पार्न राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।