#समाचार सन्दर्भ# साना मित्रहरू सधैँ ठूलो मित्रको मनमा
2023-06-01 14:40:46cri
Share with:

“हजुरबुवा सीको जवाफी चिट्ठी पाएर मलाई धेरै खुशी लाग्यो।”

“जुन १”अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बङ्गलादेशकी १२ वर्षीया बालिका अलिफ चिनले एउटा विशेष उपहार पाएकी छिन्। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उनलाई जवाफी चिट्ठी पठाउनुभएको छ।

सन् २०१० मा चिनियाँ नौसेनाको “शान्ति जहाज” नामक अस्पताल जहाजले बङ्गलादेश पुगेर एक साता चिकित्सा सेवा गरेको थियो। उक्त अस्पताल जहाजमा कार्यरत् चिनियाँ चिकित्सकले दीर्घकालीन मुटु रोगी गर्भवती महिलाको शल्यक्रिया गरी बच्चा डेलिभरी गराएका थिए। यसरी जोखिमपूर्ण अवस्थामा आमा र बच्चाको उद्धार गरेको थियो। यही बच्चा अलिफ चिन हुन्। चिनियाँ चिकित्सकले चिनकी आमालाई चिन जन्माउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नका लागि चिनका बुबाले बङ्गाली भाषामा “चीन” जनाउने गरी बच्चाको नामाकरण गरेका थिए।

बाल दिवसअघि बालिका अलिफ चिनले चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई चिट्ठी लेखेर उक्त कुरा उल्लेख गरेकी छिन्। जवाफी चिट्ठीमा हजुरबुवा रूपी राष्ट्राध्यक्ष सीले प्राचीन कालदेखि नै चीन र बङ्गलादेशका जनता बीच असल छिमेकी र असल मित्रताको इतिहास रहेको र ६०० वर्षअघि चीनको मिङ वंशका नाविक चङ हले दुई पटकसम्म बङ्गलादेशको भ्रमण गरेको कथा बताउनुभयो। उहाँले उनलाई चीनमा आएर चिकित्सा सिक्ने सपना पूरा गर्नका लागि सक्दो प्रयास गर्न प्रोत्साहन गर्नुभएको छ। चिट्ठी साना मित्रप्रति ठूलो मित्रको मायाले भरिएको छ।

यसबाहेक मे ३१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित युयिङ विद्यालयको निरीक्षण गर्नुभएको छ। “हजुरबुवा सी, नमस्ते।” विद्यार्थीहरूले खुशीका साथ अभिवादन गरेका छन्।

उहाँले विद्यार्थीहरू सँगसँगै खेल कक्षा र विद्यालयको खेलकुद मैदानको अवलोकन गर्नुभयो। सो अवसरमा उहाँले भन्नुभयो, “हाल जीवनस्तर सुधारिँदैछ। तर मोटो हुनुहुँदैन, व्यायाम गरेर बलियो बन्नुपर्छ।” विद्यालयको कृषि क्षेत्रको अवलोकन गर्दै उहाँले बालबालिकालाई खाद्यन्न बचत गर्ने तथा प्रकृतिको सम्मान गर्ने राम्रो बानी बसाउन भन्नुभयो।  विज्ञान कक्षाकोठामा उहाँले बालबालिकाको वैज्ञानिक प्रयोग हेरेर भविष्यमा वैज्ञानिक बन्न प्रोत्साहण गर्नुभएको छ। 

गत शताब्दीको असीको दशकदेखि किशोरकिशोरी र बालबालिकाको हुर्काइमाथि सी चिनफिङले सधैँ नै नजर पुर्‍याइरहनुभएको छ। सन् १९८४ मा चिनियाँ कम्युनिष्ट पार्टीको ह पै प्रान्तीय चङ तिङ जिल्ला समितिका सचिवको पद सम्हाल्नुभएका सी चिनफिङले विभिन्न गाउँको विद्यालयको निरीक्षण गर्नुभएको थियो। त्यस बेला गाउँका अधिकारीलाई भन्नुभएको थियो, समग्र गाउँको सबैभन्दा राम्रो आबास विद्यालय हो। किनभने बालबालिका २१औँ शताब्दीका स्तम्भ हुन्। ग्रामीण क्षेत्रका बालबालिकाको सिकाइ र जीवनमाथि सी चिनफिङले सधैँ नै ध्यान दिइरहनुभएको छ। गत शताब्दीको नब्बे दशकमा चिनियाँ कम्युनिष्ट पार्टीको फु चौ शहर समितिका तत्कालीन सचिव सी चिनफिङले “हजारौँ उद्योग-व्यवसायले हजार विद्यालयको निर्माण गर्नु”नामक कार्यक्रम संयोजन गर्नुभएको थियो। पछि पिछडिएका क्षेत्रहरूमा विद्यालय पुनःनिर्माण गरिएको थियो। बालबालिकाहरूले सुन्दर र राम्रो विद्यालयमा सिक्ने मौका पाएका थिए।

हरेक बाल दिवस र वसन्त चाडअगाडि सी चिनफिङले बालबालिकालाई स्कूल ब्याग तथा स्टेशनरीआदि उपहार दिँदैआउनुभएको छ। उहाँले बाल कल्याण गृहको निरीक्षण गर्दा बालबालिकालाई खेलौना बाँड्नु हुन्छ। अमेरिकी उच्च माध्यामिक विद्यालयका विद्यार्थी, हंगेरीका विद्यार्थी, र बंगलादेशका अलिफ चिनले राष्ट्राध्यक्ष सी चिनफिङलाई चिट्ठी पठाएका छन्। साथै सी चिनफिङले उनीहरूलाई जवाफी चिट्ठी पनि पठाउनुभएको छ। बालबालिकाका मनमा राष्ट्राध्यक्ष सी सौहार्दपूर्ण “हजुरबुबा सी”हुनुहुन्छ र बुद्धिमान “ठूला मित्र”पनि हुनुहुन्छ। ठूला मित्र र साना मित्रबीचको आदान-प्रदानबाट हामीले किशोरकिशोरी र बालबालिकाप्रति राष्ट्राध्यक्ष सी चिनफिङको न्यानो ध्यानाकर्षण र गहिरो मायाको अनुभव गर्नसक्छौँ।