अमेरिकाको ऋण सीमा बिधेयक पारित भएबाट बजारमा 'वास्तविक चिन्ता' सुरु
2023-06-02 16:28:45cri
Share with:

हालै अमेरिका प्रतिनिधिसभाले ऋण सीमा बिधेयक पारित गरेको छ जुन उक्त सीमा लाइनलाई सन् २०२५ को सुरूसम्म लम्ब्याउनुका साथै सन् २०२४ र २०२५ आर्थिक वर्षको खर्चलाई सीमित गरेको छ। यसले धेरैलाई राहत दिएको देखिन्छ। तर बिधेयक सिनेटबाट पारित भएर राष्ट्रपतिबाट हस्ताक्षर गरिएमा समस्याको साँच्चिकै समाधान हुन्छ त? अमेरिका र विश्व साँच्चिकै शान्त हुन सक्छ त?

हालै अमेरिकाको राष्ट्रिय ऋणले ग्लोबल बन्ड मार्केटहरूमा प्रभुत्व गरेको छ। अमेरिकी ऋणले सम्झौताको उल्लंघन गरेमा अमेरिका र विश्वका लागि विनाशकारी हुनेछ। हाल अमेरिकाले समाधान कार्यक्रम देखाएको छ कि ऋणको सीमालाई अरू दुई वर्ष लम्ब्याइनेछ।
तर उक्त उपायले वास्तविक समस्याको समाधान गरेको छैन साथै ऋणलाई अरू बढाउनेछ। विश्लेषणका अनुसार, सन् २०२५ को सुरूमा अमेरिकामा ऋण ऐतिहासिक उचाइमा पुग्नेछ र अमेरिकी अर्थतन्त्रसमक्ष प्रणालीत्मक समस्या देखिने ठूलो संभावना रहनेछ। त्यसैले अमेरिकाको ऋण सीमा बिधेयक पारित भएबाट बजारमा 'वास्तविक चिन्ता' सुरु भएको छ।

अमेरिकाका पूर्व अर्थमन्त्री जोहन बी कोनालीले भन्नुभएको थियो कि हाम्रो अमेरिकी डलर तिम्रो समस्या हो। इतिहासमा अमेरिकाले मौद्रिक नीति प्रयोग गरी विश्वव्यापी सम्पत्ति फसल गरेको धेरै उदाहरणहरू छन्। फ्रान्तका पूर्व राष्ट्रपति चार्लस दे गौले भन्नुभए झैँ अमेरिकी डलरले बेकार कागज प्रयोग गरी अरू देशको स्रोत र कारखानामाथि कब्जा गरेको छ।

यसबाहेक अमेरिकाले आर्थिक क्षेत्रमा आफ्नो बोल्ने अधिकार प्रयोग गरी आफ्नो विरोध गर्ने मुलुकलाई सजाय दिएको छ। जस्तो भनौँ अन्तर्राष्ट्रिय बस्ती प्रणालीबाट हटाउने आदि। विश्व वित्त स्थिरताको रूपमा रहेको अमेरिकी डलर अरू मुलुकको दुःस्वप्न बनेको छ। अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सी मूडीसले हालै सार्वजनिक गरेको प्रतिवेदनका अनुसार, अमेरिकी ऋण संकट र प्रतिबन्धको दुरुपयोग गरिएबाट अमेरिकी डलरको स्थितिलाई धम्की दिइनेछ, र आगामी केही दशक वर्षमा विश्वव्यापी मौद्रिक प्रणाली थप विविधतापूर्ण हुनेछ।