चीनको मोबाइल विज्ञान परियोजनाबाट ५० करोडभन्दा बढी मानिसहरूलाई सेवा प्रदान
2023-06-02 10:24:14CRI
Share with:

चीनका धेरै दुर्गम क्षेत्रहरूकालागि विज्ञान शिक्षा तथा स्रोत "दुर्लभ वस्तु" हुन्। शहरी र ग्रामीण दुवैमा विज्ञानको लोकप्रियता, असन्तुलित क्षेत्रीय विकास र आधारभूत विज्ञान लोकप्रियकरण प्रबन्धहरूको अभाव समस्याको समाधान गर्नकालागि सन् २००० देखि २०११ सम्मको अवधिमा चीन विज्ञान प्रविधि संघले क्रमशः विज्ञान लोकप्रियकरण क्याराभान परियोजना र चीन विज्ञान र प्रविधि मोबाइल सङ्ग्रहालय परियोजना सञ्चालन गरेको थियो। जसले गर्दा लोकप्रिय विज्ञान प्रदर्शनीहरू र कक्षाहरू दुर्गम र अविकसित क्षेत्रका विद्यालयहरू, बस्तिहरू, कारखानाहरू र गाउँहरूसम्म पुगेको छ। 

बितेका वर्षहरूमा चीनभरि १७४६ वटा लोकप्रिय विज्ञान क्याराभानहरूले तय गरेको दूरी ५ करोड किलोमिटरभन्दा बढी भएको छ जसबाट ग्रामीण क्षेत्रहरूलाई ढाकिने लोकप्रिय विज्ञान सेवा नेटवर्क बनाइएको छ। विज्ञान तथा प्रविधि मोबाइल सङ्ग्रहालयबाट गरिएको ५६८६ ठाँउको भ्रमणमा चीनभरिका २९ प्रान्तहरूका १८८८ काउन्टी-स्तरीय प्रशासनिक क्षेत्रहरूमा उच्च गुणस्तरीय विज्ञान र शिक्षा संसाधनहरू पुर्याइदिएको छ। हालसम्म, चीन विज्ञान तथा प्रविधि मोबाइल सङ्ग्रहालय र लोकप्रिय विज्ञान क्याराभान परियोजनाबाट ५० करोडभन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिसकेको छ।