युशुका युवाहरू चिनियाँ अल्पसङ्ख्यक जातीय विश्वविद्यालयमा
2023-06-02 18:44:58cri
Share with:

 जुन २ तारिखका "तीन नदीको स्रोत, पैचिङ भावना, चीनको मुटु छिङहाईको युशु तिब्बती युवाहरुका लागि पैचिङ भ्रमण"को जन कल्याणकारी गतिविधिहरू जारी रह्यो। छिङहाईको युशु प्रिफेक्चर बाल कल्याण संस्थानका तिब्बती किशोर किशोरीहरूले चिनियाँ अल्पसङ्ख्यक जातीय विश्वविद्यालयको पुस्तकालय, विद्यालय इतिहास सङ्ग्रहालय र जातीय सङ्ग्रहालयको भ्रमण गरेका छन्। उनीहरूले विश्वविद्यालय क्याम्पस नजिकबाट अनुभव गरेको यो पहिलो पटक हो।