चीनमा अध्ययनरत गाबोनिजका विद्यार्थी देवलिनका आँखामा चीनमा मानिसलाई सुरक्षाको महसूस
2023-06-02 09:02:18cri
Share with:

गाबोनिजका युवा विद्यार्थी देवलिन चार वर्षअघि अध्ययन गर्न चीन आउनुभएको थियो। चीनमा उहाँले आफ्नो सपनाका लागि प्रयास गर्नुभयो साथै गाबोनिज र चीनबीचको मैत्रीपूर्ण मित्रताको अनुभव गर्नुभयो।

चालू वर्ष देवलिन चीन आउनुभएको चौथो वर्ष हो। अध्ययन गर्न चीन आउनुभएको कारणबारे चर्चा गर्दै उहाँले आफ्नो सपना भएको बताउनुभयो। उहाँ भन्नुहुन्छ “सन् २०१९ मा म चिनियाँ भाषा सिक्न चीन आएको हुँ। म विश्वविद्यालयबाट स्नातक भएपछि बैंकमा काम गर्नथालेको थिएँ। मैले धेरै चिनियाँहरू गाबोनिजमा बस्न तथा सिक्नका लागि आएको देखेँ। त्यस अवधिमा मैले चिनियाँ उद्योगी-व्यवसायी र अरू चिनियाँहरूसँग आदान-प्रदान गरेँ। मेरो विचारमा मैले चिनियाँ भाषा बोलेमा उनीहरूसँग राम्रोसँग आदान-प्रदान गर्नसक्ने छु। त्यसैले चीन जाने र मेरो सपना साकार तुल्याउने निर्णय गरेँ।”

देवलिनकाअनुसार, चिनियाँहरूको मित्रता र उत्साह उहाँले चीनलाई छनौट गर्नुभएको मुख्या कारण हो। गाबोनिज वा चीनमा उहाँले देख्नुभएका चिनियाँहरू इमानदार छन्। चिनियाँहरूले उहाँलाई आफन्त र साथीको रुपमा राखेका छन्। उहाँ भन्नुहुन्छ “चिनियाँहरू उत्साही छन्। चिनियाँहरू अरू मानिसलाई मद्दत गर्न मन पराउँछन्। चीनमा मैले परिवारजस्तै सुरक्षाको महसूस र न्यायको अनुभव गरेको छु। चीन एक सुरक्षित र शक्तिशाली मुलुक हो। चीनको सशक्तताबाट मानिसलाई डर लाग्दैन। चीनले तपाईँलाई सुरक्षाको महसूस गराएको छ। मेरो देशमा पनि मैले चिनियाँहरूको उत्साहित भावनाको  अनुभव गरेको थिएँ। चिनियाँ उद्योगी-व्यवसायीले हामीलाई धेरै मद्दत गरेका छन्, हाम्रो देशका लागि राजमार्ग, जल विद्युत स्टेशन, विद्यालय निर्माण गरेका छन्। चिनियाँहरू हाम्रा असल मित्र हुन् र हामीलाई सम्मान गर्छन्।”

सन् २०१८ मा “बेल्ट एण्ड रोड” मा संलग्न भएपछि गाबोनिजको आधारभूत प्रबन्ध निरन्तर रुपमा सुध्रिएको छ। देवलिनकाअनुसार, चिनियाँ उद्योगी-व्यवसायीले जेन्टिल बन्दरगाह ओम्बुवे राजमार्गको निर्माण गरेको थियो। जसबाट पहिले जल ढुवानी र हवाई ढुवानी मात्रै हुने जेन्टिल बन्दरगाहले नयाँ स्वरूप पाएको छ।

सन् १९७७ देखि चीनले गाबोनिजलाई जम्मा २४ खेप चिकित्सा टोली पठाएको छ। कोरोनाभाइरस महामारीपछि चीनले गाबोनिजलाई महामारीबिरुद्ध सामग्री र खोप उपलब्ध गराएको थियो। देवलिनका अनुसार, चिनियाँ उद्योगी-व्यवसायीले गाबोनिजको आधारभूत प्रबन्धको निर्माण र महामारीबिरुद्ध मद्दत गर्नुका साथै गाबोनिजका बालबालिकाका लागि विद्यालय निर्माण गरेको छ।

विगत चार वर्षमा देवलिनले चिनचौ, हाङचौ, शांगहाई र छोङछिङमा अध्ययन र बसोबास गर्नुभयो। उहाँले फरक शहरको विकासको अनुभव गर्नुभयो। आधुनिक चीनप्रति उहाँलाई अचम्म लागेको छ। हाल देवलिन पैचिङ रासायनिक प्रविधि विश्वविद्यालयमा कम्प्युटर विज्ञान तथा प्रविधि विषयमा मास्टर डिग्रीको अध्ययन गर्दैहुनुहुन्छ। उहाँ भन्नुहुन्छ

 “मेरो विचारमा चीनको उच्च वैज्ञानिक विकास तीव्र छ। मैले गाबोनिजमा चिनियाँ कम्पनीले उच्च विज्ञान र प्रविधि क्षेत्रसम्बन्धी कारोबार गरेको देखेको छु। चिनियाँ शैलीको आधुनिकीकरणको नीतिबाट मेरो देशले सिक्नसक्छ। त्यसैले मैले यस क्षेत्रमा राम्रोसँग अध्ययन गर्ने र मेरो देशलाई सहयोग गर्ने आशा लिएको छु।”

देवलिनले भन्नुभएअनुसार, गाबोनिज र चीन असल मित्र हुन्। चीन पनि गाबोनिजले सिक्ने नमूना हो। उहाँ भन्नुहुन्छ “आगामी वर्षमा दुई मुलुकको दौत्य सम्बन्ध स्थापनाको पचासौँ वार्षिकोत्सव हो। दुई मुलुकको मित्रता घनिष्ठ र बलियो हुने छ।”