चीनको २० हजार टन वजनको स्वचालित रेलको सफल परीक्षण
2023-06-02 15:25:19cri
Share with:

जुन २ तारिख, सिट्टी बजाउँदै एउटा २० हजार टन वजन भएको स्वचालित रेलले चीनको हपै प्रान्तको ह्वाङ ह्वा स्टेशनमा प्रवेश गरी सही रूपमा निश्चित ठाउँमा रोकिएसँगै यसको परीक्षण सफल भएको छ। योसँगै चीनको हेभी वजनको स्वचालित रेल औपचारिक रूपमा पूर्ण स्वचालित युगमा प्रवेश भएको द्योतक बनेको छ।

यो रेल पूर्ण स्वचालित र शतप्रतिशत नियन्त्रणमा रहेको छ। परीक्षणको नतीजा अनुसार, रेलको स्मार्ट टेक्नोलोजी नियन्त्रणमा १०० प्रतिशत स्वचालित नियन्त्रण सफल देखिएको छ र यात्राभरि रेल स्थिररूपमा सञ्चालन भएको र समयमै स्टेशनमा पुगेको छ।

चीनको हेभी वजन रेल ढुवानीका धेरै प्रविधिहरू विश्वको अग्रस्थानमा रहेको छ। यस स्वचालित परीक्षण रेलको मुख्य नियन्त्रण प्रणाली सबै चीनले अध्ययन गरेको हो। भविष्यमा, चीनभरिका हेभी वजन ढुवानी रेलमार्गमा यस स्वचालित रेललाई विभाजन गरिने छ। यसबाट चीनको हेभी वजन ढुवानी रेलसम्बन्धी प्रविधि अझ बढी विकास हुने देखिएको छ।