सीद्वारा यी दुई ठाउँको निरीक्षण गर्नुभएको महत्वपूर्ण अर्थ
2023-06-03 16:43:55cri
Share with:


जुन १ र २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना नेशनल लाइब्रेरी अफ एडिशन र चाइनिज एकेडेमी अफ हिस्ट्रीको निरीक्षण गर्नुभएको छ साथै साँस्कृतिक उत्तराधिकार बैठकमा उपस्थित भएर चीन राष्ट्रको आधुनिक सभ्यताको रचना गर्ने विषय पहिलो पटक उठाउनुभएको छ।

 

चाइना नेशनल लाइब्रेरी अफ एडिशनको प्रमुख कार्य नै चिनियाँ सभ्यताको उतारचढावबाट हस्तान्तरण गरिएका बहुमूल्य शास्त्रीय र संस्करणहरूको सङ्कलन गर्ने हो र चीन सँस्कृतिको जीन बैँक भन्न मिल्छ। यस साँस्कृतिक ल्याण्डमार्कको निर्माण गर्नु नै सी चिनफिङले स्वीकार गर्नुभएको हो भने विश्वमा एक मात्र निर्बाध सभ्यतालाई निरन्तर रूपमा उत्तराधिकार गर्ने त्यसको उद्देश्य हो। चाइनिज एकेडेमी अफ हिस्ट्रीको प्रमुख कर्तव्य नै राष्ट्रिय इतिहास लेखनका प्रमुख शैक्षिक परियोजनाको व्यवस्थित र कार्यान्वयन गरी चीन सभ्यताको उद्गमस्थलको अनुसन्धान र ब्याख्या गर्ने हो। सी चिनफिङले भन्नुभयो कि हामीले थाहा पाउनुपर्छ हामी कहाँबाट आएका हौँ र हामी कतातिर जानेछौँ।