चिनियाँ राष्ट्राध्यक्षद्वारा भारतको रेल दुर्घटनाका लागि भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई शोक सन्देश
2023-06-04 15:59:35cri
Share with:

जुन ३ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भारतको ओडिशामा रेल दुर्घटना भएको र ठूलो हताहत भएकोमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई शोक सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले चिनियाँ सरकार र जनताको तर्फबाट उक्त दुर्घटनाग्रस्त पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै पीडितहरू र घाइतेहरूका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरेको र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

 सोही दिन चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शोक सन्देश पठाउनुभएको छ।