थाइवान विषयमा अमेरिकाले आगोसँग खेल्नुहुँदैन
2023-06-04 16:03:11cri
Share with:

 

जुन १ तारिख राति अमेरिका र थाइवानले वाशिङ्टनमा “२१औँ शताब्दी व्यापार  पहल”को पहिलो चरणको सम्झौतामा हस्ताक्षर गरेका छन्। त्यसपछि चीनको परराष्ट्रमन्त्रालयले अमेरिका सरकारले थाइवानसँग तथाकथित  “२१औँ शताब्दी व्यापार  पहल” वार्तालाई बढाएर सम्झौतामा हस्ताक्षर गरेबाट एक चीन नीति र चीन-अमेरिका तीनटा संयुक्त विज्ञप्तिको नियमसँग गम्भीर रूपमा विपरीत भएको भन्दै थाइवानसँग गैर-सरकारी सम्बन्ध मात्र राख्ने अमेरिकी वचनको उल्लंघन भएको र चीनले त्यसको कडा विरोध गरेको बताएको छ।

थाइवान विषय चीन-अमेरिका सम्बन्धमध्ये सबभन्दा महत्वपूर्ण र संवेदनशील विषय हो। एक चीन नीति चीन-अमेरिका सम्बन्धको राजनीतिक आधार हो। इतिहासमा थाइवान विषय चीन-अमेरिका सम्बन्ध सामान्य हुने सबभन्दा ठूलो बाधा थियो। एक चीनको राजनीतिक सहमत नभएमा चीन र अमेरिकाबीचका दौत्य सम्बन्ध सुमधुर हुन सक्दैन र चीन-अमेरिका सम्बन्धको विकास पनि हुँदैन। तर अमेरिकाले जहिल्यै पनि एक चीन नीति र चीन-अमेरिका तीनटा संयुक्त विज्ञप्तिको नियमको दतचित्त भएर पालना गरेको छैन। केही वर्षयता एक चीन नीतिलाई अझै बिगारेको छ। अमेरिकाले बोलेको कुराको पालना नगरी चीनलाई दिएको राजनीतिक बचनको गम्भीर रूपमा विपरीत भएको छ जुन थाइवान जलडमरूको शान्तिलाई बागार्नेछ।

सबैलाई थाहा छ कि अमेरिकाले थाइवानको कुरा उठाउने उद्देश्य थाइवानको आधारमा चीनलाई प्रतिबन्ध गर्ने हो जुन सिनच्याङ, तिब्बत लगायत विषयमा अमेरिकाले झूटो निन्दा गरिरहेकोसँग एउटै हो भने चीनलाई बाधा लगाएर चीनको शान्तिपूर्ण विकासलाई ध्वस्त बनाउने हो र अमेरिकाको प्रभूत्वको संरक्षण गर्ने हो।

तर अमेरिकाले थाइवान विषय र मातृभूमिको सम्पूर्ण एकीकरणमा चीनको अठोटबारे गलत मूल्याङ्कन गरेको छ। किनभने यो नै समस्त चिनियाँ जनताको साझा इच्छा र कडा दृष्टि हो जुन कुनै पनि व्यक्ति, शक्ति वा मुलुकबाट परिवर्तन हुँदैन। चीनले सकेसम्म शान्तिपूर्ण एकीकरण गर्ने इच्छा लिएको छ साथै पनि बलको प्रयोग गर्ने कुरा कहिल्यै पनि त्यागेको छैन र बाह्य शक्तिको हस्तक्षेप र केही थाइवान स्वतन्त्रताको पृथवतावादी र उनीहरूको गतिबिधिको प्रतिरोध गर्न सबै आवश्यक कदम चाल्नेछ।

थाइवान विषयमा अमेरिकाले आगोसँग खेल्नुहुँदैन। अमेरिकाले आफैँ जल्ने कुचेष्ट त्याग्नुपर्छ।