चराचुरूङ्गी र शहर बीचको मेलमिलाप
2023-06-05 15:09:14CRI
Share with:

 

चीनको क्वाङ चौ शहरमा घुम्दा उडिरहेका चराहरू र चराहरूको रमाइलो आवाज जताततै सुन्न पाइन्छ। त्यो दृश्य नै चिनियाँ शहरको जलवायु, माटो र जल वातावरणको सञ्चालन निरन्तर रूपमा राम्रो दिशातर्फ विकसित हुँदैगएको नतिजा हो। 

बितेका केही वर्षयता क्वाङ चौ शहरले जोडतोडसँग जलवायु र जल वातावरणको गुणस्तरको सुधार गर्नुका साथै ९ वटा पर्यावरणीय वातावरणको निर्माण लक्ष्य पूरा गरेको छ। त्यहाँको वायु गुणस्तर देशभरका केन्द्रीय शहरहरूमध्ये सबैभन्दा उत्कृष्ट रहेको छ।

 

यसका अतिरिक्त प्राकृतिक संरक्षण क्षेत्र, जङगल पार्क र सिमसार पार्क गरी कुल क्षेत्रफल ११ हजार हेक्टर पुगेको क्वाङ चौ प्राकृतिक संरक्षण क्षेत्रले विभिन्न किसिमका चराहरूलाई उपयुक्त आश्रय स्थल पनि उपलब्ध गराएको छ।