नयाँ युगमा नयाँ सांस्कृतिक कार्यभारबाट चिनियाँ शैलीको आधुनिकीकरणलाई जीवन्त शक्ति थपिने
2023-06-06 15:05:09CRI
Share with:

 

सांस्कृतिक उत्तराधिकार र विकास गोष्ठीमा राष्ट्राध्यक्ष सी चिनफिङले भविष्यतर्फ उन्मुख हुँदै नयाँ युगको नयाँ यात्राको दृष्टिबाट चिनियाँ सभ्यताको व्याख्या गर्नुका साथै गहन रूपमा चिनियाँ शैलीको आधुनिकीकरणको सर्वेक्षण गर्नुभएको छ। चिनियाँ शैलीको आधुनिकीकरणबाट चिनियाँ सभ्यतामा आधुनिक शक्ति थपिनुका साथै चिनियाँ सभ्यताबाट चिनियाँ शैलीको आधुनिकीकरणलाई बलियो जग सिर्जना गरिने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

 

उक्त गोष्ठीमा सहभागी प्रतिनिधिहरूले राष्ट्राध्यक्षको भनाइ सुनेपछि आआफ्ना राय सुझाव पनि प्रस्तुत गरेका छन्। सम्पूर्ण रूपमा चीन राष्ट्रको महान पुनरूत्थानलाई अघि बढाउने नयाँ यात्रामा सांस्कृतिक आत्म विश्वासलाई सुदृढ पारी चिनियाँ सभ्यता र संस्कृतिमा नयाँ जीवन्त शक्ति सिर्जना गर्दै जाने अठोट पनि उनीहरूले व्यक्त गरेका छन्।