भित्री मंगोलियाको ऊल्याङसु तालमा चिनियाँ राष्ट्राध्यक्ष सी
2023-06-06 20:01:58CRI
Share with:

जुन ५ को दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भित्री मंगोलिया स्वायत्त प्रदेशको निरीक्षण शुरू भयो। भ्रमणमा उहाँले पहाड, नदी, जंगल, खेत, ताल, घाँसेमैदान र बालुवाको एकीकृत संरक्षण र प्रणालीवद्ध व्यवस्थापन, पर्यावरणीय पुनर्स्थापनाको प्रवर्द्धन एवम् ऊल्याङसु तालको प्राकृतिक अवस्था र वरपरको पर्यावरणीय अवस्थाको बारेमा जानकारी लिनुभएको छ।

ऊल्याङसु तालको पानीले ढाकिने क्षेत्रफल २९३ वर्ग किलोमिटर छ। जुन पहेँलो नदी क्षेत्रमा सबैभन्दा ठूलो कार्यात्मक सिमसार क्षेत्र हो र विश्वभरमा मरुभूमि र अर्ध-मरुभूमि क्षेत्रमा कम भेटिने ठूलो घाँसे मैदान ताल हो। यस ताल पहेंलो नदीको पर्यावरणीय सुरक्षाको लागि "प्रकृतिको मृगौला"को रूपमा चिनिन्छ।

२०औं शताब्दीको ९०दशकदेखि, ऊल्याङसु तालको क्षेत्रमा पानीको प्राकृतिक पुनर्भरणको कमी, शहरी औद्योगिक फोहोर पानीको प्रदूषण र पर्यावरणीय कार्यात्मक भूमिकाको ह्रास लगायतका समस्याहरू देखा पर्यो। बितेका वर्षहरूमा, यसै ताल वरपरको क्षेत्रको व्यवस्थापना कार्यमा चरणबद्ध उपलब्धिहरू प्राप्त भएको छ।