चिनियाँ सभ्यता हजारौँ वर्षदेखि निरन्तर, किन कहिल्यै रोकिएको छैन?
2023-06-06 15:11:36CRI
Share with:

 

बेलायती इतिहासविद् अमोल्ड जोसेफ टोयान्बीले निकै आश्चर्यजनक रूपमा के बताएका छन् भने लगभग ६ हजार वर्षसम्मको मानवजातिको इतिहासमा जम्मा २६ किसिमका सभ्यता देखा परेका छन्। तीमध्ये चिनियाँ संस्कृति मात्र हालसम्म कहिल्यै पनि नरोकिएको निरन्तर चलिरहेको संस्कृति रहेको छ। 

यस्तो विरलै देखिने चिनियाँ सभ्यता लगातार एउटै स्वरूप बोकेको विकास शक्ति रहेको र अर्कोतिर बाह्य जगततर्फ देखिने खुलापन र सहिष्णुतालाई पनि अपनाएको देखिन्छ।

 

इतिहासको पुन:सिंहावलोकन गर्दा चिनियाँ सभ्यताको विकास प्रक्रिया पनि स्पष्टसँग देख्न पाइन्छ। चिनियाँ सभ्यताले बाह्य जगतबाट आउने संस्कृतिको व्यवहार गर्ने क्रममा तिनीहरूलाई स्वीकार गर्दै तिनीहरूको विशेषताको सम्मान गर्दै आएको छ। यसका अतिरिक्त चिनियाँ सभ्यताले ती संस्कृतिमा रहेका केही कारक तत्वको सिकाइ र बुझाइपछि आफ्नो संस्कृतिलाई अझ यथेष्ट पारेको छ। त्यो चिनियाँ सभ्यता हजारौँ वर्षदखि निरन्तर चलिरहेयता कहिल्यै नरोकिनु एउटा महत्वपूर्ण कारण हो।