दुईटा मास्क लगाएर अमेरिकाले चीनसँग के सहकार्य गर्ने
2023-06-06 16:33:48CRI
Share with:

हालै अमेरिका-चीन सम्बन्धमा फेरि एक पटक धेरै अन्तर्विरोधहरू देखा पर्न थालेका छन्। एकातिर, अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले २०औं सांग्रिला संवादमा थाइवान जलडमरूको विषय र तथाकथित "नेभिगेसनको स्वतन्त्रता" उल्लेख गरेर चीनमाथि आक्रमण गर्नुभएको छ। साथै अमेरिकी सेनाले थाइवान जलडमरू हुँदै युद्धपोतहरू चलाएको चर्चाले गर्दा यो चीनले "खतरनाक तरिकाले रोकेको" भनेको छ। अर्कातिर पूर्वी एसिया र प्रशान्त क्षेत्रको मामिलाप्रति जिम्मेवार अमेरिकी सहायक विदेशमन्त्री डेनियल क्रिटेनब्रिंकले चीनसँग सम्पर्क गर्न ४ तारिख चीनको भ्रमण गर्नुभएको छ। 

एकातिर नियन्त्रण र मुठभेड गर्दा अर्कोतिर संवाद र सहयोग गर्ने आग्रह पनि गरिएको छ। यसप्रकारको अमेरिकी शैलीको खेलप्रति जो कोही अपरिचित छैन। चीनसँगको सम्बन्धमा अमेरिकाको यस्ता असहज उल्टो व्यवहारहरू वास्तवमा अमेरिकाको वैदेशिक रणनीतिको सामान्य रूप मात्रै हो।

वास्तविक अवस्थाबाट हेर्ने हो भने अमेरिकी पक्षको विरोधाभाषी व्यवहारबाट वासिङ्टनको विकृत राजनीतिक परिवेशलाई प्रतिबिम्बित गरिएको छ। अमेरिकाले चीनलाई आफ्नो "सबैभन्दा ठूलो रणनीतिक प्रतिस्पर्धी" को रूपमा गलत तरिकाले लिने गरेको पृष्ठभूमिमा तथाकथित "चीनमाथिको कठोरता" वासिङ्टनको राजनीतिक शुद्धता बनेको देखिन्छ। वास्तवमा अमेरिकाले एकातिर आफ्नो खेलका नियमहरू स्वीकार गर्न चीनमाथि दबाव दिइरहेको छ भने अर्कातिर चीनसँग सम्पर्क गर्न खोजेको जस्तो देखिएको छ।

तर, अमेरिकाको अहिलेको शक्ति यस्तो गतिविधिसँग मेल खाँदैन। विश्लेषकहरुका अनुसार, चीन भ्रमणका लागि आफ्नो मान्छे पठाएको अमेरिकाको मुख्य माग भनेको अमेरिकी ऋण केन्द्रित संकटको नियन्त्रण गर्नु हो। यसका साथै जलवायु परिवर्तन, आणविक प्रसार र रुस-युक्रेन द्वन्द्व लगायतका विषयमा पनि चीनसँग सहकार्य गर्ने अमेरिकाको आवश्यकता हो।

वार्ता गर्ने चाहना भएमा वार्ता गर्ने र विरोध गर्ने इच्छामा विरोध गर्नु भन्ने अमेरिकाको आत्म-केन्द्रित अत्यन्त अहंकारी आधिपत्यवादी कूटनीतिको जवाफ एउटा चिनियाँ गीतको बोलबाट दिन सकिन्छ: "साथीहरू आएमा  रक्सी रहनेछ भने स्यालहरू आएमा बन्दूक रहनेछ।"

वर्तमान चीन-अमेरिका सम्बन्धमा अप्ठारो देखा पर्नुको मुख्य कारण अमेरिकाले चीनप्रति लिएको गलत रणनीति हो। जसले गल्ती गर्छ, त्यसले सच्याउने जिम्मा लिनुपर्छ। अमेरिकाले यस्तो कुरा चाँडै सिक्नुपर्छ: पारस्परिक सम्मान, शान्तिपूर्ण सह-अस्तित्व र जीत-जीत सहयोग।