चिनियाँ सभ्यताको “शान्ति” भन्ने विशेषताको बुझाइ
2023-06-07 15:21:22CRI
Share with:

इतिहासमा चीन विश्वमा सबैभन्दा सशक्त मुलुकहरूमध्येको एक थियो। तैपनि चीनले उपनिवेश र अरू देशमाथि थिचोमिचो गरेको रेकर्ड छैन। ६ सय वर्षअघि अर्थात् प्राचीन चीनको मिङ वंशका समुद्रीविद् चङ हले त्यति बेला विश्वको सबैभन्दा विशाल पानीजहाज समूहको नेतृत्व गर्दै दक्षिण-पूर्वी एशिया र हिन्द महासागरको वरपर क्षेत्रको निरीक्षण गरेका थिए। उनीहरूले तत्स्थानसम्म रेशम, चिया र चिनियाँ माटो पुर्याएका थिए। उनीहरूले कहिल्यै पनि युद्ध मच्चाएका थिएनन्। 

हाल पनि चीन दृढताका साथ शान्तिपूर्ण विकास बाटोमा डटिरहेको छ। चीनको शान्ति भन्ने विचारधारा कसरी बुझ्ने हो? 

विश्वमा विविध किसिमका सभ्यताहरू छन्। यसको मूल्याङ्कन गर्दा सर्वप्रथम त्यो सभ्यताको उद्देश्य मेलमिलाप कि भिडन्त हो भन्ने बुझ्नुपर्छ। यता, चीनले कहिले विस्तार गरेको छैन। साथै चीनले हस्तक्षेप तथा विस्तारवादको सदा विरोध गर्दैआएको छ।

 

आधुनिक युगमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गर्दै नयाँ चीनको स्थापना गरी चिनियाँ विशेषतायुक्त समाजवादी बाटोलाई रोजेको छ। शान्ति भन्ने विशेषता बोकेको चिनियाँ सभ्यतालाई चिनियाँ कम्युनिष्ट पार्टीले सिर्जना गरेको चिनियाँ बाटोमा क्रमश: गहन रूपमा पछ्याउँदैआएको छ। शान्तिपूर्ण विकास हुनु नै बाह्य जगतले चीनबारे बुझ्ने मुख्य शब्द पनि बनेको छ।