यो चिनियाँ अवधारणा "ल्याटिन अमेरिका"मा लोकप्रिय बन्दै
2023-06-07 16:30:21CRI
Share with:

कोलम्बियाका पूर्व राष्ट्रपति अर्नेस्टो साम्पर पिजानोले हालै एक अन्तर्वार्तामा  यसरी भन्नुभयोः ‘हामी प्रशान्त महासागरको एकापट्टि छौं र महासागर पार हुने साझा विकास अवधारणाको आशा गर्दछौं।’ साझा विकासका लागि यो प्रस्ताव चीनले प्रस्तुत गरेको ‘बेल्ट एण्ड रोड'अवधारणा हो।

ल्याटिन अमेरिकामा चीनसँग मिलेर ‘बेल्ट एण्ड रोड’अवधारणाप्रति राखिने उत्साह बढ्दै गइरहेको छ। प्राप्त पछिल्लो तथ्याङ्कअनुसार, ‘बेल्ट एण्ड रोड’अवधारणा सम्बद्ध ल्याटिन अमेरिकी राष्ट्रहरूको संख्या २१ पुगिसकेको छ। ल्याटिन अमेरिकामा यो अवधारणा किन लोकप्रिय भयो? किनभने यसले अघि सारेका सहयोगहरूमा चौडाइ र गहिराइ दुवै छ र दुवै पक्षका जनतालाई साँच्चै लाभान्वित गराउँछ।

‘बेल्ट एण्ड रोड’ निर्माणको उद्देश्य सबैभन्दा प्रत्यक्ष प्रभाव भनेको चीन र ल्याटिन अमेरिका बीचको व्यापारको मात्रा बढाउनु र ल्याटिन अमेरिकालाई चीनको आर्थिक वृद्धिको लाभांश बाँड्नु हो। सन् २०२२मा चीन र ल्याटिन अमेरिकाबीच व्यापारमा संलग्न रकम ४ खर्ब ८५ अर्ब ७९ करोड अमेरिकी डलर थियो। यसबाहेक, ‘बेल्ट एण्ड रोड’का केही सहयोग परियोजनाहरू ल्याटिन अमेरिकी देशहरूको दुर्गम क्षेत्रमा अवस्थित भएकोले यी परियोजनाहरूको कार्यान्वयनबाट प्रत्यक्ष रूपमा स्थानीय विकास र रोजगारी एवम् मानिसहरूको जीवनयापनमा सुधार ल्याइएको छ।

अझ महत्त्वपूर्ण कुरा के हो भने बेल्ट एण्ड रोड अवधारणाबाट ल्याटिन अमेरिकी देशहरूमा नयाँ शक्ति थपिरहेको छ। साथै ती मुलुकहरूको आफूलाई विकास गर्ने क्षमतालाई पनि बढाइएको छ। हालसम्म हरित अर्थ, डिजिटल अर्थ र उच्च नयाँ बैज्ञानिक प्रविधि लगायत नयाँ शैलीको पूर्वाधार निर्माण सहयोग नै चीन-ल्याटिन अमेरिका सहयोगको नयाँ हाइलाइट बनिरहेको छ।

चीनबाट प्रस्तुत बेल्ट एण्ड रोड अवधारणाले ती मुलुकहरूलाई विकासका समस्याहरूको राम्रो समाधान प्रदान गरेको कुरालाई ल्याटिन अमेरिकी देशहरू बुझेका छन्।

चालू वर्ष बेल्ट एण्ड रोड अवधारणा प्रस्तुत भएको १०औं वार्षिकोत्सव हो। चीनले उच्च गुणस्तरिय विकासको साथ चिनियाँ शैलीको आधुनिकीकरणलाई बढाइरहेको छ र ल्याटिन अमेरिकी देशहरू लगायत विश्वका विभिन्न मुलुकहरूको लागि थप अवसरहरू प्रदान गर्दै जाने छ।