१९ औँ सांस्कृतिक व्यवसाय मेला शुरू
2023-06-07 15:23:07CRI
Share with:

१९ औँ चाइना (शन चन) अन्तर्राष्ट्रिय सांस्कृतिक व्यवसाय मेला जुन ७ तारिख औपचारिक रूपमा शुरू भएको छ। 

यस पटकको सांस्कृतिक व्यवसाय मेलाको प्रदर्शनीको कूल क्षेत्रफल १ लाख २० हजार वर्गमिटर रहेको छ। मुख्य सभास्थल शन चन अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा अवस्थित छ। मेलालाई जम्मा ६ वटा प्रर्दशनी हलमा विभाजन गरिएको छ। तीमध्ये डिजिटल संस्कृति हल, सांस्कृतिक व्यवसाय मिलिजुली हल र क्वाङ तुङ हङकङ मकाउ विशाल खाडी क्षेत्र हल आदि समावेश छन्। ती प्रदर्शनी हलबाट सम्पूर्ण रूपमा चीनको सांस्कृतिक व्यवसायको उच्च गुणस्तरीय विकास उपलब्धिबारे देखाइने छ। 

प्राप्त जानकारी अनुसार, यस मेलामा ५० वटा मुलुक र क्षेत्रका ३ सय सम्बद्ध संस्थाहरू सहभागी हुने छन्।