अमेरिकाले मध्यपूर्वको मेलमिलापको पाइला रोक्न नसक्ने
2023-06-08 16:41:24CRI
Share with:

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यही जुन महिनाको ६ देखि ८ तारिखसम्म साउदी अरेबियाको भ्रमण गर्नुभएको छ। गत अप्रिलमा केन्द्रिय जासूसी व्यूरो सीआईएका निर्देशक वीलेम बर्न्स र मे महिनामा राष्ट्रिय सुरक्षा सल्लाहकार जैक सुलिभानपछि चालू वर्ष अमेरिकी उच्च पदाधिकारीले साउदी अरबिया भ्रमण गरेको यो तेस्रो पटक हो।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले साउदी अरेबियाको भ्रमण गरेकै दिन मध्यपूर्वमा दुईवटा घटना भए। एउटा हो, साउदी अरेबियाको लागि इरानी राजदूतावास पुनः खुल्नु जुन चीनको मध्यस्थतामा साउदी अरबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनः स्थापित भएपछि आपसी सम्बन्धमा प्रगति हासिल भएको अर्को ऐतिहासिक घटना हो। अर्को घटना हो, साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सल्मान बिन अब्देल अजिज अल सउदले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो मोरोससँग भेटवार्ता गरी सहयोगको भविष्य र विभिन्न क्षेत्रमा हुने सहयोगको प्रवर्द्धनको अपेक्षा गर्नुभयो।

अमेरिकाका पूर्व संगातीहरूले बारम्बार अमेरिकी स्क्रिप्टलाई अस्वीकार गरेबाट के देखाइएको छ भने वर्तमान मध्य पूर्वमा "अमेरिकालाई छोड्ने" प्रवृत्ति झन् स्पष्ट देखिन्छ। साउदी अरेबिया र इरानको नेतृत्वमा रहेको मध्य पूर्व "शान्ति" पुन: सुचारु गर्ने मार्गदर्शनमा छ।

यस्तो परिस्थितिलाई शान्तिप्रेमीहरूले स्वागत गर्छन्, तर उता "अमेरिका अपवाद" भएको छ। यसबारेमा मन्त्रालयका अरब प्रायद्वीप मामिला सम्बन्धि अमेरिकी उपसहायक विदेशमन्त्री डानियल बेनैमले प्रत्यक्ष रूपमा भन्नुभयो,  ‘अमेरिका मध्यपूर्वमा नै रहने छ र अन्य प्रतिस्पर्धीका लागि खाली ठाउँ राख्ने छैन।’ 

आफ्नो प्रभुत्ववादलाई कायम राख्न,अमेरिकाले लामो समयदेखि मध्यपूर्वमा उथलपुथल सिर्जना गर्दै मुठभेडलाई उक्साएको छ यसले गर्दा अमेरिका मध्य पूर्वमा " ध्वस्त पार्नेमा नम्बर १" बनेको छ। सन् २०२२ मा अरब नीति तथा सर्भेक्षण केन्द्रले १४ वटा अरबेली देशहरुमा गरेको सर्वेक्षण बमोजिम ७८ प्रतिशत उत्तरदाताहरुले मध्यपूर्वमा खतरा र अस्थिरताको सबैभन्दा ठूलो स्रोत अमेरिका रहेको बताए।

मध्यपूर्वमा सबैभन्दा अलोकप्रिय पक्ष बनेको देखेर अमेरिका अनिच्छापूर्वक बस्न सक्दैन। तापनि कुनै पनि कूटनीतिक बन्दोबस्तीले मध्यपूर्वमा मेलमिलापको मूल प्रवृत्तिलाई बदल्न सक्दैन।

एकातिर, स्वतन्त्र विकासमा नयाँ परिवर्तन खोज्न मध्यपूर्व एकजुट भएको छ भने अर्कातिर शिविरको मुठभेड भड्काउने पुरानो सोचमा अमेरिकाको आदत छुट्न सकिरहेको छैन। मध्यपूर्वमा बढ्दै गइरहेको ‘मेलमिलापको लहर’बाट अमेरिकी विद्वान ग्रेगरी गोसको विचारलाई प्रमाणित गरिएको छ, ‘मध्यपूर्वमा अमेरिकाको एकाधिकारको युग समाप्त भइसक्यो।’